देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पशुपति शमशेर र कमल थापा छलफलमा बस्नु पर्छ: सर्वोच्च

देशान्तर

काठमाडौं । सर्वोच्च अदालतले दल दर्ता सम्बन्धी विवादमा छलफल गर्नका लागि राप्रपा अध्यक्ष कमल थापाको पक्ष र पशुपति शमशेरको राप्रपा प्रजातान्त्रिक पक्षलाई बोलाएको छ ।

न्यायाधीश केदार प्रसाद चालिसेको एकल इजलासले दुबै पक्षलाई भदौ २६ गतेका लागि छलफलमा बोलाएको हो । उक्त विवादमा आज सर्वोच्च अदालतमा सुनुवाई भएको थियो ।

शमशेरले निर्वाचन आयोगमा राप्रपा प्रजातान्त्रिक दर्ता गरेपछि राप्रपा अध्यक्ष कमल थापा सर्वोच्चमा रिट लिएर गएका थिए । शमशेरले राप्रपा फुटाएर दल दर्ता गरेका थिए ।

सर्वोच्च अदालतमा प्रवक्ता नारायण पन्थीले दुबै पक्षलाई २६ गते छलफलका लागि बोलाउने आदेश भएको बताए ।