काठमाडौं । यातायात व्यवस्था विभागले दशैंको लागि भदौ २२ गतेदेखि अग्रिम बुकिङ खुला गर्ने निर्णय गरेको छ । लामो दुरीका लागि २२ गतेदेखि नै टिकट खुला हुने निर्णय भएको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए ।
उनका अनुसार यो वर्ष दशैंमा करिब २५ लाख यात्रु काठमाडौंबाट बाहिरिने अनुमान छ । त्यसका लागि दशैंको बेला दैनिक ७ हजार सवारी छुट्नैपर्ने हुन्छ ।
तर यातायात व्यवसायीले भने आफूहरुका केही माग पुरा नभएको बताएका छन् । उनीहरुले बसको छत नहुँदा दशैंका यात्रुको सामान कहाँ राख्ने भनी प्रश्न गरेका छन् ।
गतवर्षदेखि सबै सवारी साधनको छत निकाल्ने निर्णय विभागले गरेको थियो । छत नहुँदा यात्रुका सामान राख्न नमिल्ने, बाटोको अवस्था सुधार हुनुपर्ने लगायतका माग व्यवसायीको छ ।
प्रतिक्रिया