काठमाडौं ।
प्रदेश र प्रतिनिधि सभा निर्वाचनसम्बन्धी विधेयकबारेको सैद्धान्तिक छलफल संसदको राज्यव्यवस्था समितिमा सकिएको छ २० दिनपछि शुक्रबार बसेको बैठकमा विवादित विषयमा सहमति नजिक पुगेको समितिका सभापति दिलबहादुर घर्तीमगरले जानकारी दिए ।
बैठकको सुरुमै उनले विवादित विषयमा दलहरुबीच सहमति भएको जानकारी सांसदहरुलाई गराएका थिए । विधेयकको अरु विषयमा दलहरुबीच सहमति भएपनि निर्वाचनको अयोग्यतासम्बन्धी बुँदामा सहमति जुट्न सकेको थिएन ।
आजको बैठकमा प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले लामो समयसम्म समितिको बैठक नबसेकोमा आपत्ति जनाउँदै विधेयक चाँडो संसदमा पुर्याउनुपर्नेमा जोड दिएका थिए । एमालेका सांसद गंगालाल तुलाधरले समितिको अकर्मण्यताका कारण विधेयक अड्किएको भन्दै भदौ १९ गते बस्ने संसद बैठकमा विधेयक पेश गर्न माग गरे ।
समितिको अर्को बैठक आजै ३ बजे बस्नेछ ।
प्रतिक्रिया