देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिलवालले दायर गरेको रिटको सुनुवाई सकियो, फैसला भदौ १९ गते हुने

देशान्तर

 

 

काठमाडौं – प्रहरी महानिरीक्षक नियुक्तिको विषयमा तत्कालीन प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाई सकिएको छ ।
प्रधानन्यायाधीश गोपाल पराजुली तथा न्यायाधीश ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले दायर रिटमाथिको सुनुवाई सकेको हो । मुद्दाको निर्णय भने आगामी भदौ १९ गते सुनाइने सर्वोच्च अदालतले जनाएको छ ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सिलवालले गत चैत ३० गते रिट दायर गर्नुभएको थियो । अदालतले त्यो निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि सरकारले प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक बनाएको थियो ।
अर्याल महानिरीक्षकमा नियुक्त भएपछि पनि सिलवालले कार्यसम्पादन मुल्यांकनमा आफू अघि रहेको भन्दै रिट दायर गर्नुभएको थियो ।