काठमाडौं । माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चुन्न बुधबार भएको निर्वाचनको मतगणना सुरु गर्ने तयारी निर्वाचन समितिले गरेको छ ।
त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा बिहान ९ बजेदेखि गणना सुरु गर्न लागिएको निर्वाचन समिीले जनाएको छ । उनका अनुसार, सुरुमा केन्द्रीय सदस्यको र त्यसपछि पदाधिकारीको मतगणना हुनेछ ।
पहिलोपटक निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन गर्न लागेको अखिल क्रान्तिकारीको बुधबार साँझ ७ बजेसम्म मतदान भएको थियो । मतदान सकिए लगत्तै गणना गर्ने भनिए पनि प्राविधिक कारणले गणना सुरु हुन सकेको थिएन ।
अखिल क्रान्तिकारीको अध्यक्षको चुनावी मैदानमा अनिल शर्मा र रञ्जित तामाङ छन् ।
क्रान्तिकारीको राष्ट्रिय सम्मेलन यही भदौ ७ गतेदेखि सुरु भएको थियो । तर, निर्वाचन प्रक्रियाबाट नेतृत्व चुन्ने प्रक्रिया सुरु भएपछि केही दिन लम्बिएको हो ।
प्रतिक्रिया