देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज १० औँ पुस्तकालय दिवस, विभिन्न कार्यक्रम गरि मनाइदै

देशान्तर

काठमाडौं । ‘समृद्ध नेपालको आधार पुस्तकालयको विकास’ भन्ने नाराका साथ आज १० औँ पुस्तकालय दिवस मनाइँदैछ । पठन संस्कृति बढाउनका साथै हरेक स्थानीय तहमा पुस्तकालयको स्थापना गराउन प्रवर्द्धन गर्दै सामुदायिक र निजी क्षेत्रका पुस्तकालयले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् ।

सरकारले उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठको संयोजकत्वमा दिवसका लागि मूल समारोह समिति गठन गरेको छ । आज काठमाडौंको भृकुटीमण्डपस्थित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयबाट रसियन कल्चर सेन्टरसम्म प्रभातफेरीसहित मू्ल कार्यक्रम हुनेछ ।

पं. केदारनाथ झालाई विसं १८६९ तत्कालीन राजा गीर्वाणयुद्धविक्रम शाहले दरबार र अन्य क्षेत्रमा रहेका पुस्तकको संरक्षण गर्न जिम्मेवारी दिएको दिनलाई स्मरण गरी विसं २०६५ भदौ १५ देखि मुलुकमा पुस्तकालय दिवस मनाउन थालिएको हो ।