नेकपा माओबादी केन्द्रले पार्टीको केन्द्रीय सनिवालयको बैठक वीरगन्जमा गर्ने भएको छ । दुई नम्वर प्रदेशको निर्वाचन रणनिति बनाउने बिषयमा छलफल गर्न भन्दै केन्द्रले केन्द्रीय सचिवालय वैठक भदौ १७ गते गर्न लागेको हो ।
यसअघि बसेको बैठकले ‘हेडक्वाटर’ नाम दिएको केन्द्रीय कार्यलय समिति विघटन गरेको थियो । केन्द्रीय सचिवालयले कार्यकारी अधिकार पाएपछि बस्न वीरगन्जमा बस्ने बैठक नै पहिलो बैठक हो । वैठकमा दुई नम्वर प्रदशेको स्थानीय तहको निर्वाचन र प्रदेश र संघीय चुनावी तयारीका विषयमा छलफल हुने बताईएको छ ।
पार्टी अध्यक्ष दाहाल भदौ १२ गतेदेखि नै दुई नम्बर प्रदेशको चुनावी प्रचारमा लागेका छन् । दाहाल १७ गतेको केन्द्रीय सचिवालयको वैठक सकेर मात्रै काठमाडौं फर्कने कार्यक्रम रहेको माओबादी केन्द्रले जनाएको छ ।
प्रतिक्रिया