काठमाडौं । सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव दुई चरणमा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्री परिषदको बैठकले दोस्रो चरणको चुनाव मंसिर २१ गते गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बुधवार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको चुनाव मंसिर २१ गते गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री मोहन बस्नेतले जानकारी दिए ।
यसअघि सरकारले पहिलो प्रदेश र प्रतिनिधि सभाको पहिलो चरणको चुनाव मंसिर १० गते गर्ने निर्णय गरेको थियो । हिमाली र उच्च पहाडी भेगमा मंसिर १० तथा तराइ र पहाडी क्षेत्रमा मंसिर २१ गते संसदको चुनाव गर्ने सरकारले निर्णय गरेको हो ।
प्रतिक्रिया