दाङ । सरकारले युवालाई स्वदेशमै तालिम दिई रोजगारी दिने श्रम राज्यमन्त्री डिल्लीबहादुर चौधरीले बताएका छन् । नेपाल नेत्रज्योति संघ दाङ शाखाले आयोजना गरेको कार्यक्रमा उनले नेपालमा रोजगार विस्तार गर्न र लाखौ युवा विदेश पलायन भइरहेको अवस्था कम गर्नको लागि तालिमको व्यवस्था गर्न थालेकोे जानकारी दिए ।
स्वदेशमै युवाले कम्तीमा पनि २५ हजार रुपैयाँ आम्दानी गर्नसक्नका लागि विभिन्न सीपमूलक तालीम सञ्चालन र उद्योग कलकारखाना विस्तार गर्न लागेको बताएका छन् ।
यसअघि राज्यमन्त्री चौधरीले संघले सञ्चालन गरेको राप्ती आँखा अस्पतालको अवलोकन गरेका थिए । अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले उनलाई अस्पतालको भौतिकस्थिति र सेवाबारे जानकारी गराएका थिए ।
प्रतिक्रिया