देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्रीको संसदलाई जवाफ : प्रतिपक्षले भने जस्तो देशलाई घात हुने सहमति भएको छैन

देशान्तर

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफुले देशको अहित हुनेगरी कुनै पनि सम्झौता नगरेको बताएका छन । उनले संबिधान संशोधन देखि अन्य कुनै बिषयमा पनि नेपालको अहित हुनेगरी काम नगरेको संसदलार्ई जानकारी गराएका छन ।

आफ्नो भारत भ्रमण संचार मध्याम र एमालेले भने जस्तो देशको हित बिपरित नभएको भन्दै प्रधानमन्त्री देउवा यो भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ मजबुद बनाएको दाबी गरेका छन ।

व्यवस्थापिका संसदको बैठकमा भारत भ्रमणको बारे जानकारी दिँदै प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा संविधान संशोधनको विषयमा बोलेको कुराबारे राजनीतिक दल तथा सञ्चारमाध्यममा आएको टिप्पणी गलत भएको बताए ।

प्रधानमन्त्री देउवाले नेपालको संविधान निर्माण, सर्वस्वीकार्यता र कार्यान्वयन नितान्त नेपाल र नेपाली जनताको आन्तरिक विषय भएको भन्दै यसविषयमा कसैसँग सम्झौता नगरेको र त्यसबारे सम्झौता पनि हुन नसक्ने जिकिर गरे ।

संविधानको सर्वस्वीकार्यकता कायम गर्ने र कार्यान्वयन गर्ने राष्ट्रिय एजेन्डाको विषय भएको भन्दै उनले यसबारे अन्तराष्ट्रिय जगतलाई जनाकारी गराउनु अस्वभाविक विषय नभएको दाबी गरे ।

देउवाले प्रधानमन्त्रीले संविधान कार्यान्वयानमा छिमेकी वा अन्य कुनै मुलुकको हस्तक्षेप आफूहरुलाई स्वीकार नहुने पनि प्रष्ट पारे । उनले भ्रमणमा अरुण तेस्रो लगाउतका लामो समयदेखि कार्यान्वयनमा आउन नसकेका विषयहरु आफुले भ्रमणका क्रममा उठाएको जिकिर गरे ।