देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दशैँमा खसी–बोका किन्दै खाद्य संस्थान

देशान्तर

काठमाडौं । नेपाल खाद्य संस्थानसहित साल्ट ट्रेडिङ्ग र नेशनल ट्रेडिङ्गले गत वर्ष जस्तै यस वर्ष पनि दशैँं–तिहार लक्षित सुपथ मूल्यका पसलहरु संचानल गर्ने भएका छन् ।

जसअनुसार खाद्य संस्थानले दशैँ–तिहारमा १५ सय खशी, बोका र १ हजार च्याङग्रा खरिद गर्ने जनाएको छ । प्रदेश नं. २ को स्थानिय चुनाव सकिएलगत्तै खसी ,बोका खरिद गर्ने काम सुरु गरिने संस्थानका अञ्चल प्रमुख भेषनाथ न्यौपानेले जानकारी दिएका छन् ।

संस्थानले विषेशगरी लहान, जनकपुर र पर्साबाट खसी ,बोका खरिद गर्दै आइरहेको छ । तराईमा बाढी र डुबानका कारण खसी बोका खरिद गर्न समस्या उत्पन्न भएकाले अन्य जिल्लाबाट खरिद गर्ने पनि संस्थाले जनाइएको छ । च्याङग्रा भने मुस्ताङबाट ल्याइने तयारी छ ।

उपभोक्ताको सहज र सस्तो व्यवस्थापनलाई ध्यानमा राखि एक महिना पहिलादेखि नै सुपथ मूल्य पसल सञ्चानल गर्न लागिएको आपूर्तिमन्त्री शिवकुमार मण्डलले जानकारी दिएका छन् । साथै छुट सुविधा सहितका सुपथ मूल्य पसल सञ्चालन गर्ने, विक्री वितरण, अनुगमन र चुहावट नियन्त्रणलाई पनि अझ बढी प्रभावकारी बनाउने उनले बताए ।

सहुलियत पसलहरुमा चामल प्रति परीवार ३० केजि, नुन प्रति परिवार ६ केजी र नुनप्रति परीवार ६ केजीका दरले विक्रीवितरण गरीनेछ । सहुलियत दरका सुपथ मूल्य पसलहरुमा नुनमा २ रुपैयाँ, चिनीमा ५ रुपैयाँ, बासमति चामल र फापरमा १० रुपैयाँ, बासमति बाहेकका चामलमा ५ रुपैयाँ, खसीबोका र च्यांग्रामा १० रुपैयाँ प्रति केजिका दरले छुट दिएर विक्री हुनेछन् ।

संस्थानबाट १२ थरीका चामल सुपथ मुल्यमा विक्रि गरिने तयारी छ ।  बास्मती, ब्राउन बास्मती, जिरा मसिनो ,अर्ग मकवानपुर ,अर्ग सोना मन्सुली गरी १२ थरीका चामल सुपथ मुल्यमा राखिने संस्थानले जनाएको छ । संस्थानको गोदाममा ३८ हजार क्विंन्टल चामल रहेको छ । चामल बर्दियाको राजापुर र जनकपुरबाट चामल खरिद गर्दै आईरहेको छ ।

संस्थानले दिएको जानकारी अनुसार चामल,सिमी ७ सय क्विंन्टल , तिते फापरको पिठो ७ सय क्विंन्टल रहेको छ ।

यसवर्ष सुपथ मूल्य पसल उपत्यकामा ८ स्थानमा संचालन गर्ने जनाइएको छ । भदौ १६ देखि रामशाहपथ, जावलाखेल, भक्तपुर, जोरपाटी, कोटेश्वर, नख्खु, बल्खु र थापाथलीमा सुपथ मुल्यको पसल संचालन गरिने छ । सूपथ मूल्य पसल छठ पर्व सम्म संचालन गरिने छ ।