काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि नाडा अटो–शो सुरु हुँदै छ । साना तथा ठूला व्यवसायीलाई लक्षित गरी शो आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । अटो– शोमा विभिन्न ४१ ब्राण्डका सवारी साधन रहने जनाएको छ ।
१६ ब्राण्डका चार पांग्रे १९ ब्राण्डका दुई पांग्रे र ६ ब्राण्डका कमर्सियल सवारीसाधन शोमा रहने छन् । यो मेलामा झण्डै ५० हजार अवलोकनर्ता आउने र ३ सय करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ । मुख्य रुपमा मेलामा नयाँ चार पांग्रे सवारीहरु आकर्षणको केन्द्रमा हुनेछन् ।
नयाँसँगै विश्वसनीय उत्पादन खोज्ने मानवीय स्वभावलाई ध्यानमा राखेर आफ्ना प्रतिक्षित र उत्कृष्ट उत्पादनलाई कम्पनीहरुले यसै समयमा सार्वजनिक गर्छन् । त्यसैले नाडामा नयाँ गाडीबारे धेरैलाई चासो छ ।
मेलालाई नै लक्षित गरेर धेरै कम्पनीले भर्खरै नयाँ गाडीहरु नेपालमा ल्याएका छन् यिनै कारहरु यो पटक बढी चर्चाको केन्द्रमा हुनेछन् ।
यसपाली मेलामा विभिन्न कम्पनीका नयाँ मोडलका गाडीले उत्तिकै प्रभाव छाड्न सक्ने देखिएको छ ।
प्रतिक्रिया