काठमांडौ । रौतहट जिल्लाका विभिन्न स्थानका बाढी पीडित महिलाहरुलाई राहत बाँड्न बलिउड अभिनेत्री मनिषा कोइराला रौतहट पुगेकी छिन ।
यूएनएफपीएको गुडवील एम्बेसेडर समेत रहेकी मनिषा रौतहटका बाढीबाट प्रभावित भएका बस्तीमा पुगेर स्थानियलाई राहत बाँड्ने कार्यमा व्यस्त भएकी हुन ।
बाढीका बेलामा खासगरी गर्भवती महिला , किशोरी तथा आहरुलाई विभिन्न समस्या आउने भएकाले उनीहरुलाई अत्यावश्यक कपडा सहितका राहत प्याकेज बानिराखेको बताएकी छिन् ।
बाढी प्रभावित क्षेत्रका गर्भवती, सुत्केरी, एकल महिला तथा फरक क्षमता भएका ८६ महिलाहरुलाई मर्यादा सामग्री (डिग्नीकिट) वितरण गरेको जानकारी दिइन् ।
बाढीबाट सबै भन्दा प्रभावित बस्तीहरुमा स्थलगत रुपमा अनुगमन गरी उनीहरुलाई तत्काल चाहिने अत्यावश्यक सामग्रीहरु यूएनएफपीएको मार्फत वितरण गरेको कोइरालाले बताइन् ।
प्रतिक्रिया