काठमाडौं । सरकारको लाचारी पनको सीमा नाघेपछि सुस्ताक्षेत्रका स्थानीय जनताले सुस्ता बाँध भत्काएका छन । पश्चिम गण्डक नहरका कारण डुबानमा परेको भन्दै सुस्ताबासीले भारततर्फ जाने नहरको बाँध भत्काएका हुन । राहत नपाएर अक्रोसित भिडलाई स्थानीय प्रशासनले मनाउने प्रयास गरिरहेको छ ।
केहि दिन यताको अविरल वर्षापछि आएको बाढीका कारण नवलपरासीको सुस्ता १ र २ डुबानमा परेको थियो । नहरको बाँधका कारण डुबानमा परेको भन्दै स्थानीयले फलामे पुल नजिकै नहरको बाँध भत्काएका हुन । उनीहरुले भाँध खनेर आफूहरुको खेतमा जम्मा भएको पानीको निकास दिनु पर्ने माग राखेका छन ।
झण्डै २०० को संख्यामा रहेका सुस्ताबासीले अहिले सम्म १५ मिटर बाँध भत्काइसकेका छन् । स्थानीयले थप प्रयास गरे नहरमा खस्ने छ ।
प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले दिएको जानकारी अनुसार स्थानीयबासीले खेतको पानी नहरमा खसालेका छन ।
सरकारले नारायणी नदीको पानी गण्डक जलविद्युत आयोजनाका लागि नहरमा ल्याइएको हो तर,विद्युत उत्पादनपछि यो पानीलाई भारतले सिंचाईका लागि लैजाने गरेको छ ।
प्रतिक्रिया