काठमाडौं । जापान भ्रमणमा रहेको नेपाली फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा जित हात पारेको छ । जापानको कोवी युनिर्भसिटीमा भएको खेलमा नेपाली टिमले कन्सेई गाकुइन युनिभर्सिटीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
नेपालको जितका लागि विमल घर्तीमगर र सुमन लामाले गोल गरेका थिए । त्यस्तै, जापानले एक गोल फर्काएको थियो । नेपालका लागि सुरुवाती अग्रता विमलले दिलाएका थिए । विमलले गोल गरेको केही मिनेटपछि नै क्वन्सेई गाकुइन युनिभर्सिटीले गोल गर्दै बराबरीमा पुर्याएको थियो । पहिलो हाफ दुबै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
दोस्रो हाफ क्वन्सेई गाकुइन युनिभर्सिटीले निकै राम्रो खेल पस्केपनि गोल गर्न भने सकेन । खेलको अन्तिम समयमा नेपालका लागि सुमन लामाले गोल गर्दै जित दिलाएका थिए । १० दिने जापान टुरमा रहेको नेपालले अब बिहीबार (भोलि) अमिटाई स्पोटस् क्लबसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।
प्रतिक्रिया