काठमाडौ । सांसदहरुले नेपालको सिमा क्षेत्रमा भारतले बनाएको बाँध तथा तटबन्धका कारण नेपाली भूभाग डुवानमा परेको भन्दै भारत सरकारसंग क्षतीपुर्ती माग गर्न सरकारको ध्यानाकर्षण गराएका छन ।
बुधवारको ब्यावस्थापिका बैठकमा बोल्ने अधिकाम्स सांसदहरुले भारतले बनाएका बाँध र तटबन्धका कारण नेपालले हरेक बर्ष बाढी र डुबानको समस्या झेल्नुपरेको भन्दै भारतीय पक्षसंग क्षतिपुर्ति मागगर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन ।
व्यवस्थापिका संसदको विशेष समयमा बोलेका अधिकांश सांसदहरुले भारतीय पक्षबाट नेपालको सिमा क्षेत्रका विभिन्न स्थानमा निर्माण गरिएको बाँध तथा तटबन्धका कारण तराईका अधिकांश क्षेत्र डुबानमा परेको भन्दै भारतीय पक्षले क्षतिपुर्ति दिनुपर्ने बताए ।
सांसद अष्टलक्ष्मी शाक्यले ऐन अभावमा काम गर्न समस्या भएको नभई राष्ट्रियताको भावना कमजोर भएकाले समस्या उत्पन्न भएको दाबी गरिन् । सांसद अनुराधा थापाले नेपालको सिमा क्षेत्रमा अन्तराष्ट्रिय मापदण्ड विरुद्ध भारत सरकारले कयौ बाँध र तटबन्ध बनाएको भन्दै त्यसले नेपाल र नेपालीमा पुर्याएको क्षति भारतसरकारबाट भराई त्यस किसिमका अबैध बाँध र तटबन्धविरुद्ध न्याय खोज्न सरकारले अग्रसरता लिनुपर्ने बताईन ।
सांसद रुक्मिणी चौधरीले बाढी र डुबानको दोष अरुलाई दिनुभन्दा आफैलाई हानी पुग्ने गरी सन्धि संम्झौता गर्ने नेता र राजनितिक दलले जिम्मेवारी लिनुपर्ने तर्क गरिन् । नेकपा माओवादी केन्द्रका सांसद शक्ति बहादुर बस्नेतले साधन स्रोतको समुचित व्यवस्था गरि तत्काल विस्थापित परिवारका लागि राहत प्याकेज सहित अस्थायी वासस्थानको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्र्षण गराए ।
बैठकमा नेकपा एमालेका सांसद राजन भट्राईले प्रधानमन्त्रीको निर्देशनपछि पनि राजधानीका सडकको अवस्था ज्युका त्युँ रहेको भन्दै ठुला आयोजनाका नाममा कार्यालय खोलेर बस्ने तर काम नगर्ने प्रवृतिप्रति सरकारको ध्यानाकर्षण गराए ।
प्रतिक्रिया