देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रियल र बार्सिलोनाबीच सुपर कपको दोस्रो लेग आज

देशान्तर

काठमाण्डौँ । स्पेनिस सुपर कपको पहिलो लेग ३–१ ले गुमाएको बार्सिलोना र रियल म्याड्रिडबीच आज राती दोस्रो लेग हुँदैछ । सुपर कपको पहिलो लेग रियलका सुपरस्टार क्रिस्टियानो रोलाल्डोका लागि स्मरणीय रह्यो । उनले दुई मिनेटको फरकमा दुई पहेलो कार्ड दर्शन गर्दै मैदान छोड्नु परेको थियो ।

२–१ ले टोलीलाई अग्रता दिलाएको खुसीयाली मनाउने क्रममा रोनाल्डोले जर्सी खोलेका कारण पहिलो पहलो कार्ड पाएका थिए भने सामुइल उमटिटीकोको ट्याकलका क्रममा डाइभिङ अर्को कार्ड दर्शक गर्नु परेको थियो । सुपर स्टार विना पनि रियल सिजन २०१७र१८ को दोस्रो उपाधिको निकट र हेको छ । केही दिनअघि मात्र म्यानचेस्टर युनाइटेडलाई हराउँदै रियलले युइएफए सुपर कपको उपाधि जितेको थियो । रोनाल्डो दोस्रो लेगमा नहुने भएपनि लुका मोड्रिचको पुनरागमनले रियल उत्साहित रहनेछ । सुपर कपको पहिलो लेगका लागि मोड्रिच प्रतिबन्धमा थिए ।

पहिलो लेगको घटनापछि रोनाल्डो भने पाँच खेलको प्रतिबन्धमा परेका छन् । टोलीमा नयाँ खेलाडी कोही चोटग्रस्त नभएकाले बार्सिलोनाले पहिलो लेगकै खेलाडीबाट खेलको सुरुआत गर्ने सम्भावना छ । २ गोलले पछि परेको बार्सिलोनाले आक्रामक रुपमा खेलको सुरुआत गर्ने अपेक्षा गरिएको छ । खेलेको सुरुआतमै गोलको खाता खोल्न सकेको खण्डमा बार्सिलोनाको खेलमा फर्कने सम्भावना रहन्छ । यद्दपी रियलको आक्रमण टोली चुस्त रहेकोले बार्सिलोनालाई सहज भने पक्कै हुने छैन ।

बार्सिलोनाविरुद्ध क्लिन सिट राख्न रियललाई पनि सधै कठिन हुने गरेको छ । तर जिनेदिन जिदानको प्रशिक्षणमा रहेको टोली विजयी मानसिकताका साथ उत्रनेछ । गत सिजन पनि उनको नेतृत्वमा रियलले च्याम्पियन्स लिग र ला लिगा दुवै उपाधि जितेको थियो । आजको खेलमा झिनोअन्तरको हारमा पनि रियलले यो सिजनको सुपर कप उचाल्ने छ । बार्सिलोनाले नतिजा उल्टाएर उपाधि जित्न कठिन रहेको विश्लेषकहरुको बुझाई छ ।