एक युवकले सडकमा भेट्टिएको एक लाख रुपैयाँ प्रहरीलाई बुझाएका छन् । रामेछाप घर भइ कालीमाटीमा बस्दै आएका २५ वर्षीय उमेश श्रेष्ठले बाटोमा भेट्टिएको एक लाख रुपैयाँ प्रहरीलाई बुझाएका हुन् ।
मंगलबार दिउँसो थापाथलीस्थित ट्राफिक प्रहरी कार्यालय अगाडिको सडकमा उमेशले उक्त रकम भेटाएका हुन् । १००० दरका १०० थान नोट अर्थात एक लाख रूपैयाँ ट्राफिक प्रहरी कार्यालय थापाथली मार्फत चिठी लेखि ‘महानगरीय ट्राफिक कार्यालयमा बुझाएका हुन् ।
उनले उक्त रकम कुनै गलत व्यक्तिको हातमा नपरोस् भन्ने मनसायले प्रहरीलाई बुझाएको बताएका छन् ।
प्रतिक्रिया