काठमाडौं । देशका विभिन्न ठाउँमा आएको बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या १ सय १५ भन्दा माथि पुगेको छ ।
गृह मन्त्रालयले दिएको पछिल्लो बिवरण अनुसार अहिलेसम्म १ सय १५ जनाको ज्यान गएको पुष्टि भएको छ भने अझै ३८ जना बेपत्ताको पत्ता लाग्न सकेको छैन ।
२ हजार ८४७ घर पूर्ण रुपमा क्षति भएको छ भने ३ हजार ७२७ पूर्वाधार संरचनामा क्षति भएको मन्त्रालयले जनाएको छ । बाढी पहिरो पीडितको राहत तथा उद्दारमा सुरक्षाकर्मीसहित झण्डै २७ हजार जनशक्ति खटिएका छन् ।
सोमबारबाट राहत वितरण सुरु भएको छ । बाढी तथा डुवान प्रभावित तराई मधेसका १२ जिल्लामा त्रिपाल, कम्वल, म्याट्रेसका साथै चिउरा, बिस्कुट, चाउचाउ, भुजा, पानीका साथै जीवनजल, सिटामोल समेत वितरण गरिएको छ ।
प्रतिक्रिया