देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाढी पिडितको उद्धार र राहत बितरणमा लाग्न स्थानीय प्रशासनलाई प्रधानमन्त्री देउवाको निर्देशन

देशान्तर

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन ।

सोमवार बाढी तथा पहिरोले पुर्याएको क्षती र अवस्था अवलोकनका लागि बिभिन्न प्रभावित जिल्ला पुगेका प्रधानमन्त्री देउवाले जति सक्दो चाडो उद्धार र राहत बितरणमा खटिन निर्देशन दिएका हुन । देउवाले प्रभावित जिल्लाका स्थानीय प्रशासनलाई आपत्कालीन सहयोग उपलब्ध गराउन पनि निर्देशन दिएका छन ।

प्रधानमन्त्री देउवाका साथमा रक्षामन्त्री भीमसेनदास प्रधान, गृहमन्त्री जर्नादन शर्मा लगायत उच्च पदस्थ कर्मचारी सहभागी रहेका छन ।
इटहरीस्थित पूर्वी पृतना मुख्यालयमा पूर्वाञ्चलका बाढीपीडितको अवस्थाका विषयमा प्रधानमन्त्री सहितको टोलीले जानकारी लिएको र तत्काल उद्धार तथा राहतमा खटिन निर्देशन दिनुभएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

यसैगरी, उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, वाणिज्यमन्त्री मीन विश्वकर्मा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीतेन्द्र देवसहितको टोली पनि आजै सुनसरी सदरमुकाम इनरुवा पुगेको थियो ।