काठमाडौं । केहि दिनदेखि लगातार परेको वर्षाका कारण आएकोे बाढी र पहिरोमा परि पिडित बनेकाको उद्धार र राहतका लागि नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई एक महिनाको तलव भत्ता सहयोग गर्न निर्देशन दिएको छ ।
कांग्रेसको आईतवार बसेको केन्द्रिय कार्यसम्पादन समितिको आकस्मिक बैठकले बाढी पहिरो पिडितका लागि पार्टीका सबै सभासदको एक महिनाको तलब सुविधा उपलब्ध गराउन निर्देशन दिएको हो । बैठकले उक्त रकम प्रधानमन्त्री दैविप्रकोप राहत कोषमा रकम जम्मा गर्ने व्यवस्था गर्ने निर्णय पनि गरेको छ ।
बैठकले तत्काल राहत र उद्धारमा जुट्न पार्टीका सबै भातृसस्था, सुबेक्षुक सस्था र नेता कार्यकर्तालाइ निर्देशन पनि दिएको छ । बैठकले पिडितलाई राहत र उद्धारको अनुभुति हुने गरि काम गर्न पनि सरकारसंग आग्रह गरेको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज बिहान पार्टी सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आकस्मिक केन्द्रीय समितिको बैठक बोलाउन आग्रह गरेका थिए । पौडेलको आग्रहपछि सभापति देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका हुन ।
प्रतिक्रिया