काठमाडौं । नेपाल–चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ६२ औं वार्षिकोत्सवको अवसरमा नेपाल–चीन बाणिज्य मैत्री संघले ‘नेपाल–चीन बाणिज्य प्रवद्र्धनमा दुर्गावहादुर श्रेष्ठ’ नामक पुस्तक र वृत्तचित्र सार्वजनिक गरिएको छ । शनिबार एक विशेष समारोहमा सूचना तथा संचार मन्त्री मोहनवहादुर बस्नेतले उक्त पुस्तक र वृत्तचित्र लोकार्पण गरेका हुन् ।
दुर्गावहादुर श्रेष्ठ नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष हुन् । विगत १४ वर्षदेखि नेपाल–चीन व्यापार अभिवृद्धिमा लागेका श्रेष्ठको योगदानलाई समेटेर पुस्तक र वृत्तचित्र तयार पारिएको हो । पुस्तकको सम्पादन तगा वृत्तचित्र निर्माण पत्रकार रमेश हतुवालीले गरेका हुन् ।
पुस्तक तथा वृत्तचित्र लोकापर्ण गर्दै मन्त्री बस्नेतले नेपाल–चीन व्यापार अभिवृद्धिमा श्रेष्ठको योगदान अतुलनिय रहेको बताउँदै यसबाट अरुले प्रेरणा लिनुपर्ने बताए । उनले आफूपनि नेपाल–चीनबीचको व्यापारीक सम्बन्ध अझै अभिवृद्धि गर्नुपर्ने पक्षमा रहेको बताउदै त्यसबाट नेपालको विकासमा टेवा पुग्ने धारणा राखे । कार्यक्रममा विशेष अतिथीको रुपमा नेपालका लागि चीनीया राजदूत यू होङ उपस्थित थिइन् ।
प्रतिक्रिया