देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

खाँडो खोलाको बाढीले बाँध कटान गरेपछि सप्तरीमा त्रास

देशान्तर

सप्तरी । सप्तरीको खाँडो खोलामा आएको बाढीले राजविराज नगरपालिका १५ स्थित देउरीभरुवाको बाँध कटान गरेको छ । बाँध कटान सगै यस क्षेत्रमा बाढीको सन्त्रास बढेको छ । बाढी नियन्त्रणमा खटिएका स्थानीय मध्ये एक जना बेपत्ता भएका छन् ।

देउरीभरुवामा बाँध कटान गर्न थालेपछि नियन्त्रणको प्रयासमा नेपाली सेनासँगै लागेका स्थानीय ६० वर्षीय डोमी यादव ढिस्कोमा पुरिएर बेपत्ता भएको बताईएको छ । बेपत्ता डामीको सेना र स्थानीयले खोजी जारी राखेका छन् ।

राजविराज नगरपालिका–१०, विरौल भन्ने स्थानमा बाढीले बिहिवार बिहानै बाँध भत्काएको थियो । खोलाले बालुवा र माटोले बनाइएको बाँधलाई कटान गरेर वस्तीमा छिरेपछि स्थानीयहरु त्रसित भएका छन् । स्थानीय बासिन्दा अहिले सुरक्षित स्थानको खोजीमा लागेका छन् । बाँध भत्काएसँगै राजविराजको विरौल, डुम्रीलगायत ९ स्थान डुबान पर्ने खतरा बढेको छ ।

दुई दिनको लगातारको वर्षापछि आएको बाढीले बाँध कटान हुन थालेको हो । बाढीबाट प्रभावित हुने सम्भावित स्थानहरुमा राज्यले गर्नुपर्ने पूर्वतयारीका कामहरु समेत नहुँदा बाढीले बाँध कटान गरेको हो ।

अहिले सप्तरीको सदरमुकाम राजविराज नगरपालिका–१०, विरौल भन्ने स्थानमा खाँडो खोलामा आएको बाढीले बाँध भत्काएर वस्तीमा छिरेको छ । खोलाले बालुवा र माटोले बनाइएको बाँधलाई कटान गरेर वस्तीमा छिरेपछि स्थानीयहरु त्रसित भएका छन् । उक्त खोलाले बाँध भत्काएसँगै राजविराजको विरौल, डुम्री लगायतका ९ वटा स्थान डुबान पर्नेछन ।

दुई दिनको लगातारको वर्षापछि आएको बाढीले बाँध कटान गरे पनि राज्य संयन्त्रबाट नियन्त्रणको प्रयास भएको छैन । यस्तै बाढीबाट प्रभावित हुने सम्भावित स्थानहरुमा राज्यले गर्नुपर्ने पूर्व तयारीका कामहरु पनि नगरेकाले स्थानीय झनै बढी त्रासमा छन् । सो क्षेत्रमा अहिले सम्म केन्द्रियले कुनैपनि उद्धारको ब्वस्था गरेको छैन ।