प्रधानमन्त्री शेरबहादुर देउवा आज मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गर्न गएका छन ।
प्रधानमन्त्री देउवासहितको टोली हेलिकोप्टरबाट मेलम्ची गएको हो । प्रधानमन्त्रीले चासो देखाएपछि निरीक्षण गर्न लागिएको खानेपानीमन्त्री महेन्द्र यादवले बताए । स्थलगत निरीक्षणमा इन्टेक ड्याम र टनेलको प्रधानमन्त्रिले अवलोकन गर्ने बताईएको छ ।
मेलम्ची खानेपानी आयोजनाको पानी दशैंमा काठमाडौं ल्याउने लक्ष्य राखिएको थियो । समयमै काम हुन नसक्दा दशैँमा पानी आउने सम्भावना क्षिण बने पछि आगामी पुससम्ममा मेलम्चीको पानी काठमाडौंमा ल्याउने प्रयास भइरहेको बुझिएको छ ।
प्रतिक्रिया