काठमाडौं । ललितपुर कुसुन्तीमा सोमबार दिउँसो प्रहरीको ‘इन्काउन्टर’मा एक जनाको मृत्यु भएको छ । लागूऔषधको कारोबारमा संलग्न रहेका प्रवीण खत्रीसँग हतियार रहेको सुराकीका आधारमा महानगरीय अपराध महाशाखा टेकुका डिएसपी अजय केसी नेतृत्वको टोलीले खत्रीको घरमा अप्रेसनका लागि गएको थियो ।
प्रहरीले घर घेरेको थाहा पाएपछि खत्री कौशीबाट हाम फालेर भाग्न खोज्दै प्रहरीमाथि गोली प्रहार गरेपछि जवाफी कारवाहीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
डिएसपी अजय केसीका अनुसार प्रहरीले घर घेराउ गर्दा खत्री श्रीमतीसँगै कोठामा रहेको र प्रहरी आएको थाहा पाएपछि साढे दुई तला माथिको कौशीमा गएर हाम फालेका थिए ।
‘हाम फालेर उनले प्रहरीलाई ताकेर गोली हानेका थिए, तर कसैलाई लागेन त्यसपछि उनले आफ्नै कन्चटमा गोली हाने,’ केसीले भने,‘त्यतिन्जेल प्रहरीले पनि गोली चलाएको थियो। प्रहरीको गोली उनको घुँडाभन्दा मुनी लागेको छ ।
प्रतिक्रिया