देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

४० लाख नदिएपछि रुपन्देहीमा व्यवसायी माथि गोली प्रहार

देशान्तर

काठमाडौं । रुपन्देहीको मणिग्राममा एक व्यवसायीलाई लक्षित गरी गोली प्रहार गरिएको छ । तिलोत्तमा नगरपालिकाको मणिग्राममा अज्ञात समूहले सिरिसा मार्वलका सञ्चालक दुर्गालाल भण्डारीलाई लक्षित गरी गोली प्रहार गरेको हो ।

भण्डारीलाई लक्षित गरी दुई राउण्ड गोली प्रहार भएको भएपनि उनी सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

गोली प्रहारपछि लगतै घटना स्थल पुगेको प्रहरीको मस्ट वान्टेड सूचिमा रहेका मनोज पुनले घटना गराएको हुन सक्ने आशंका गरेको छ । प्रहरीका अनुसार मलेसियामा रहेको बताउने पुनले व्यवसायी भण्डारीसँग ४० लाख रुपैयाँ माग गरेको तर नदिएकाले आफूले गोली चलाउन लगाएको दाबी गरेको बताएको छ ।

मनोज युवा संघका नेता दुर्गा तिवारीको हत्याका मुख्य योजनाकार मानिएको छ । यसै बिषयमा सम्बन्धित रहेको भन्दै प्रहरी खोजी गरेपनि पुन हाल सम्म फरार रहेका छन भने भण्डारी माथि गोली प्रहार गर्ने को हुन् भन्ने केही खुलेको छैन । डीएसपी बेलबहादुर पाण्डेले भने ग्राहक बनेर गएको र भण्डारी नभेटेपछि गोली चलाएर भागेको सूचना रहेका बताएका छन् ।