देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हेलो सरकारलाई सरकारी कल सेन्टरमा बदल्ने तयारी

देशान्तर

काठमाडौं । जनताका गुनासा सम्बोधन गर्न स्थापना गरिएको हेलो सरकारलाई अब सरकारी कल सेन्टरको रुपमा परिणत गरिने भएको छ । हेलो सरकारबाट तुरुन्तै जनताका गुनासा सम्बोधन नभएपछि कल सेन्टरमार्फत जनताका गुनासा प्रत्यक्ष सम्बोधन गर्नका लागि पठाउन थालिएको हो । गुनासो प्रत्यक्ष सम्बन्धित अधिकारीलाई सुनाई प्रत्यक्षरुपमा सर्वसाधारणलाई नै सम्बोधन गर्नका लागि ल्याउन कल सेन्टर ल्याउन थालिएको हेलो सरकार कार्यक्रमका प्रमुख प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी गराए । कलसेन्टरबाट सर्वसाधारणले आफ्नो गुनासाको प्रत्यक्ष समाधान हुनेछ । कल सेन्टर स्थापना भएपछि हेलो सरकारका कर्मचारीले जनताका गुनासा फोनमार्फत टिपिरहनु पर्ने झन्झट पनि हराउनेछ ।

यसका लागि हेलो सरकारले अमीयो नामक नयाँ सफ्टवेयर ल्याएर कलसेन्टरको शुरुवात गर्न थालेको हो । हेलो सरकारका सूचना प्रविधि निर्देशक मुकेश रेग्मीले कलसेन्टरमा आएका सर्वसाधारणको गुनासो सिधै सम्बन्धित अधिकारीलाई जान्छ र ती अधिकारीले गुनासोलाई प्रत्यक्षरुपमा सर्वसाधारणलाई नै सम्बोधन गर्ने बताए । हेलो सरकारले सबै निकायका सम्बन्धित अधिकारीको मोबाइल नम्बरमा ती गुनासो सिधै कलसेन्टरमार्फत पु¥याउने गर्दछ र पुगेका गुनासोलाई सम्बन्धित अधिकारीले तत्काल सम्बोधन गर्ने व्यवस्था कलसेन्टरमा राखिएको छ ।

यसरी कलसेन्टरमार्फत प्रधानमन्त्री, मन्त्री, सचिवको मोबाइल नम्बरमा समेत गुनासो पुग्ने गर्दछ र उनीहरुले पनि तत्कालै गुनासोलाई सम्बोधन गर्नुपर्दछ । ‘सर्वसाधारणका गुनासा कलसेन्टरमा आउँछन् र हामीले कुन निकायको गुनासो हो । त्यो निकायका आधिकारिक व्यक्तिलाई तत्कालै फोनबाट आएका गुनासा कलसेन्टरमार्फत फरवार्ड गरेर पु¥याउछौँ’ उनले भने–‘ती गुनासोलाई सम्बन्धित अधिकारीले तुरुन्तै समस्या समाधान गर्नुपर्दछ ।’ यदि प्रधानमन्त्री, मन्त्री तथा उच्च सरकारी निकायका अधिकारी व्यस्त भए उनको मोबाइलमा कलसेन्टरमार्फत सर्वसाधारणको गुनासो रेकर्ड भ्वाइस पठाइन्छ र व्यस्ततापछि उनीहरुको रेकर्ड भ्वाइस सुनी समस्या सम्बोधन गर्नुहुनेछ । यसरी पछि पठाइएको गुनासोको सम्बोधन गुनासो गर्ने व्यक्तिको मोबाइल नम्बरमा जान्छ र उनीहरुले आफ्नो गुनासोको सम्बोधन सुन्नेछन् ।

सूचना प्रविधि निर्देशक रेग्मीले अहिले कलसेन्टर परीक्षणका क्रममा रहेको बताए । यसैगरी, कलसेन्टरबाट नै हेलो सरकारले राष्ट्रपति र प्रधानमन्त्रीका राष्ट्रका नाममा सम्बोधन भएको पनि प्रत्यक्षरुपमा सर्वसाधारणको मोबाइलमा सुन्न सकिने व्यवस्था पनि गर्ने तयारी गरेको छ । सर्वसाधारणले प्रत्यक्ष सम्बोधन सुनेको मोबाइलमा पैसा तिर्नुपदैन । हेलो सरकारले अहिले पाँच विकास क्षेत्रमा नै यसको शुरुवात गर्ने योजना बनाएको छ । २०६८ कात्तिक १९ गतेदेखि शुरु भएको हेलो सरकारमा अहिलेसम्म ६४ हजार २५० गुनासामध्ये ५६ हजार ७५९ गुनासो फछ्र्योट भएका छन् ।