काठमाडौं । महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आफ्नो स्थापनाको ३५औं वर्ष साउन १ गते मनायो । ३५ वर्ष प्रवेशसँगै यो शिक्षण अस्पताल समृद्ध बन्ने बाटोमा पनि लम्किएको छ । समृद्ध शिक्षण अस्पताल त्यसै बनेको छैन । तीन वर्षअगाडि ३२ वर्षे वयस्क बनेको यो अस्पतालसँग केही बाध्यता थिए । ३२ वर्षे वस्यक अस्पताल सम्हाल्न जब डा. दीपकप्रकाश महरा उनको मेहनतले आज शिक्षण अस्पतालले समृद्धितर्फ आफ्ना पाइला चाल्न थालेको छ । गरे सबै सम्भव छ भन्ने देखाएका छन् दीपकले । तीन वर्ष अगाडि तलब खुवाउन धौधौ, कर्मचारीको दरबन्दी नभएर सेवा दिन धौधौ, अनि अरू केके का लागि धौधौ भएको शिक्षण अस्पतालले ३५औं वर्षगाँठ मनाउँदै गर्दा मिर्गाैला प्रत्यारोपण केन्द्र, हेलिप्याडसहितको १० तले भवन अनि ७० करोड बराबरका नयाँ उपकरण अस्पतालको स्वामित्वमा रहेको घोषणा गरेको छ ।
त्यतिमात्र होइन अस्पतालबाट निस्किने फोहर व्यवस्थापनको लागि विश्व स्वास्थ्य संगठनको मापदण्डको फोहोर व्यवस्थापन प्लान्ट राख्ने कामको पनि सुरु गरिसकेको छ । अहिले दैनिक दुई हजारको हाराहारीमा बिरामीलाई सेवा दिइरहेको शिक्षण अस्पतालसँग अहिले सात सय बेड छन् । ३५ वर्षअगाडि तीन सय एक शैयामा सुरु भएको शिक्षण अस्पताल भूकम्पको समयमा सबैभन्दा उत्कृष्ट सेवा दिने अस्पताल बनेको थियो ।
अस्पतालको ३५औं वर्षगाँठ मनाउँदै गर्दा अस्पताललाई दुनियाँसँग जोड्ने काम गरेको छ । भूकम्पको विपत्मा अस्पतालाई सहयोग गर्ने धेरै सहयोगी हातहरूलाई सम्मान गरेर । हार्डजोर्नीका अब्बल डाक्टर दीपक महराले धेरै बिरामीका जोर्नीहरू जोडेका छन् । अब उनले शिक्षण अस्पताललाई दुनियाँसँग जोड्ने अभियान पनि सुरु गरेका छन् । त्यही अभियानको सुरुवात उनले भूकम्पमा साथ दिने सहयोगीलाई सँगै राख्न सम्मान गरे ।
भूकम्पका बेलामा शिक्षण अस्पतालले उत्कृष्ट सेवा दिनुको पछाडि उनले जापान सरकारको हात देखे । लगत्तै उनले जापान सरकार र जापानी जनतालाई अस्पतालका तर्फबाट धन्यवादसहितको पत्र दिए । जापान सरकारले बनाइदिएको सुविधासम्पन्न र भूकम्प प्रतिरोधक भवनका कारण शिक्षण अस्पतालले त्यो सेवा दिन सकेको निष्कर्षमा महरा पुगेका थिए । उनको त्यो धन्यवादसहितको पत्रले भवन बनाइदिएपछि अस्पतालसँग टुटेको जापान सरकारको सम्बन्ध फेरि पुनर्ताजगी भयो । जापान सरकारले अस्पताललाई ७० करोड रुपैयाँ सहयोग गर्ने भयो । तर उनी पैसा लिन तयार भएनन् । उनले जापान सरकारलाई भने पैसा होइन साँच्चै जापानी उपकरण देऊ । जापान सरकारलाई भनेको उनले स्मरण गर्दै भने– ‘उपकरण होइन पैसा लैजाऊ भन्ने जापान सरकारका प्रतिनिधिलाई हामीले ३५ वर्षअगाडि जापान सरकार अस्पतालको आईसीयूमा दिएको उपकरण देखायौं । त्यो उपकरण अझै पनि जस्ताको त्यस्तै छ । तर त्योभन्दा पछि किनेका उपकरण काम नलाग्ने भएका छन् । उनीहरूले त्यो देखेपछि उपकरण दिन तयार भए ।’ अहिले ७० करोड बराबरको शिक्षण अस्पताललाई जापानले दिने उपकरणका लागि जापानमा नै टेन्डर भइसकेको छ ।
भूकम्पका बेलामा अस्पताललाई सहयोग गर्ने धेरै हातहरू देखिएका थिए, त्यो बेलामा अस्पतालको खातामा ६३ लाख रुपैयाँ जम्मा भएको थियो । पछि सरकारले भूकम्पका लागि आएको सबै सहयोग केन्द्रीकृत गर्ने नीति लियो । सरकारले एनजीओ आईएनजीओका लागि यो नीति लिएको थियो । तर सरकारको सबै सहयोग केन्द्रीकृत गर्ने नीतिका कारण शिक्षण अस्पतालको खाताको रुपैयाँ पनि केन्द्रीकृत हुने भयो । महरा चिन्तित भए । उनले राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाललाई प्रश्न तेस्र्याए, के एनजीओ आईएनजी र शिक्षण अस्पताल एउटै हो ? गभर्नर नेपाल पनि महराको प्रश्नसँग सहमत भए । त्यो शिक्षण अस्पतालको पैसा जोगियो । अहिले त्यो पैसा फिक्स डिपोजिटमा राखेर अस्पतालको इमेरजेन्सीमा आउने बेवारिसे बिरामीको उपचारलाई प्रयोग गर्ने निर्णय गराएका छन् ।
त्रिवि शिक्षण अस्पतालले यो आर्थिक वर्षमा कलेजो प्रत्यारोपण सेवा सुरु गर्ने भएको छ । यो सेवा आगामी जनवरीदेखि सुरु गर्ने भएको छ । कलेजो प्रत्यारोपण विश्वमै सबै खाले शल्यचिकित्साभन्दा निकै जटिल मानिन्छ । अस्पतालको ३५औं वार्षिकोत्सवमा निर्देशक प्रा.डा.महराले उक्त जानकारी दिए । अस्पतालमा कलेजो, पांक्रियाज, बिलियरी, ग्यास्ट्रो इन्टेस्टाइनल तथा कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा.रमेश सिंह भण्डारीको नेतृत्वमा प्रत्यारोपण सेवा सुरु गरिने उनले जनाए । सुरुमा केही प्रत्यारोपणको लागि अस्पतालले अस्ट्रेलियाको विशेषज्ञको प्राविधिक सहयोग लिनेछ । यसअघि मुलुकमा मानव अंग प्रत्यारोपण केन्द्रले ६ महिना यता दक्षिण कोरिया र भारतीय विशेषज्ञहरूको प्राविधिक सहयोगमा दुई पटक कलेजोको सफल प्रत्यारोपण गरिसकेको छ । कलेजो प्रत्यारोपणकै लागि सरकारले सात करोड र प्रत्यारोपणमा सघाउन आईसीयू आदि निर्माणको लागि समेत थप बजेट छुट्याएको छ । अहिले नयाँ अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मिर्गाैला प्रत्यारोपणका लागि ११ करोड बजेट विनियोजन गरिदिएका छन् । ३५औं वार्षिकोत्सवमा कार्कीले सो घोषणा गरे ।
महराको अर्को मेहनत भनेको अस्पतालको फोहोरको व्यवस्थापनका लागि गरिएको प्रयास हो । फोहोर व्यवस्थापनका लागि काम सुरु भइसकेको छ । अस्पतालबाट निस्किने फोहोर सबैभन्दा काम नलाग्ने फोहोर हुन्छ । त्यसलाई पुन: प्रयोगमा ल्याउने गरी काम सुरु भएको छ ।
००००००
प्रतिक्रिया