काठमाडौं । नेपाली खेल क्षेत्रलाई निकै बेवास्ता गर्दै आएको नेपाली कांग्रेसले यो पटक भने खेल क्षेत्रलाई चासोको रूपमा लिँदै मन्त्रालय आफ्नो भागमा लिएको छ । यो मन्त्रालयको जिम्मा यस पटक प्रचण्डलाई चुनाव हराउने राजन केसीले पाएका छन् ।
काठमाडौं क्षेत्र नं. १० का केसीले नेपाली खेल क्षेत्रमा पछिल्लो १५ वर्षयता देखिएका विकृति र विसंगतिलाई हटाउन आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरिसकेका छन् । नेपाली खेल क्षेत्रमा पार्टीको नाम भजाएर व्यक्तिगत स्वार्थपूर्ति गर्न खोज्नेहरूलाई कुनै पनि रूपमा छाड्न नहुने भन्दै खेलप्रेमीले केसीलाई दबाब पनि दिइरहेका छन् ।
कांग्रेसले धेरै पछि लिएको मन्त्रालय भएका कारण खेल क्षेत्रले केसीबाट धेरै ठुलो अपेक्षा राखेको छ । राजनैतिक रूपमा पनि सफल बनिसकेका केसीले खेलकुद र युवाका क्षेत्रमा विशेष कार्यक्रम र योजनासहित अगाडि आउने विश्वास लिइएको छ । तर केसीलाई प्रलोभनमा पार्ने र विभिन्न गलत निर्णय गराउन खोज्नेहरूसँग सचेत रहन पनि लोकतान्त्रिक खेलप्रेमीहरूले आग्रह गरेका छन् ।
प्रतिक्रिया