काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब एमालेलाई संबिधान संशोधनका बिषयमा कुरागर्न समेत फुर्सद नभएको बताएका छन ।
अध्यक्ष ओलीले संबिधान संशोधनको बिषय आफु प्रधानमन्त्री हुँदा पनि आएको हो, म पछिका दुबै जना प्रधानमन्त्रीले पनि उठाईरहेका छन भन्दै निर्वाचनमा जान ढिला भईरहेको समयमा संशोधनका बिषयमा छलफल गर्ने समय नभएको बताए ।ओलीले अहिले सबै निर्वाचनमा केन्द्रित हुनपर्ने भन्दै प्रदेश भन्दा पहिले संसदीय निर्वाचन गर्नुपर्ने बताए ।
मानसरोवरबाट फर्किंदैगर्दा विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै ओलीले माघ ७ गतेको संबैधानिक सिमानालाई आयोग र सरकारले भुल्न नहुने चेतावनी पनि दिए ।
उनले संशोधनका विषयमा छलफल गर्न एमालेलाई फुर्सद नभएको टिप्पणी गर्दै चुनावमा होमिएकाले आफुहरुलाई अहिले संशोधन भन्दा पनि प्रचार महत्वपुर्ण भएको बताए ।
ओलीले संबिधान संशोधनको बिषय उठाएर २ नम्बर प्रदेशमा हुन लागेको तेस्रो चरणको चुनावमा पनि राजपालाई सहभागी हुन नदिन कांग्रेसले दाउपेच गरिरहेको आरोप पनि लगाएका छन् ।
प्रतिक्रिया