काठमाण्डौं । मध्य साउन लाग्दा पनि यो बर्ष मुलुकभर ७० प्रतिसत सम्मपनि रोपाई हुन सकेको छैन । सरकारले चालू आर्थिक वर्ष १५ लाख ५२ हजार ४६९ हेक्टर क्षेत्रफल जमिनमा धान रोप्ले लक्ष्य राखेपनि अहिले सम्म मुलुकभर १० लाख ६० हजार १३२ हेक्टरमा मात्रै धान रोपाँई भएको छ ।
कृषि विकास मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म सबैभन्दाबढी मध्य पहाडमा ७९ दशमलव २३ प्रतिशत धान रोपिएको छ । उच्च पहाडमा ७४दशमलव १६ प्रतिशत र तराईमा ६३ दशमलव ९८ प्रतिशत धान रोपिएको छ ।
ती भेगहरुमा क्रमशः ३ लाख १६ हजार हेक्टर, ४३ हजार हेक्टर, ७ लाख हेक्टर क्षेत्रफ जमिनमा धान रोपिएको हो । लक्ष्य अनुसार हालसम्म मध्य पहाडमा बढी धान रोपिए पनि क्षेत्रफलको आधारमा भने, तराइ भेगमा बढी धान रोपिएको छ ।
मन्त्रालयले दिएको तथ्याङ्क अनुसार पूर्वाञ्चल विकास क्षेत्रमा २ लाख १८ हजार हेक्टर,मध्यमाञ्चलमा २ लाख ७७ हजार,पश्मिाञ्चलमा २ लाख ६५ हजार,मध्य पश्चिमाञ्चलमा १ लाख २४ हजार र सुदुर पश्चिमाञ्चल विकास क्षेत्रफलमा १ लाख ७४ हजार हेक्टर क्षेत्रफल जमिनमा धान रोपिएको छ ।
प्रतिक्रिया