देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भक्तपुरमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या बढ्दो

देशान्तर

भक्तपुर । मतदाता नामावली संकलन एवं अद्यावधिक गर्ने कार्यका लागि जिल्ला निर्वाचन कार्यालय भक्तपुरमा भीड लाग्न थालेका छन् । जिल्ला निर्वाचन कार्यालय भक्तपुर सिर्जनानगरबाट मतदाता नामावली संकलन एवं अद्यावधिक गर्ने कार्य साउन १ गतेबाट सुरु भए पनि अहिले नामावली दर्ता गर्नेको भीड लाग्न थालेको प्रमुख उमेश राईले जानकारी दिए ।

आगामी प्रदेश र संघको निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली संकलन एवं अद्यावधिक गर्न परिपत्र गरेपछि कार्यालयले नामावली संकलन सुरु गर्न थालिएको हो । आजसम्म एक हजार ७०० जनाले मतदाता नामावलीको लागि फोटो खिचाएर नाम दर्ता गराएको जानकारी दिँदै उनले स्थानीय तहको निर्वाचन सम्पन्न भएको र नयाँ निर्वाचनको तयारी भएकाले मतदाताले उत्साहजनक रुपमा सहभागी भएको बताए ।

मतदाता नामावली संकलन गर्नेको भीड लाग्न थालेपछि कार्यालयले साउन १६ देखि साउन ३२ गतेसम्म मध्यपुर थिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाको कार्यालयबाट समेत नामावली दर्ताको काम गरिने प्रमुख राईले बताए ।

चार नगरपालिका रहेको भक्तपुरमा ३८ वटा स्थानीय तह रहेका छन् । गत वैशाख ३१ गते भएको निर्वाचनमा भक्तपुरमा सबैभन्दा धेरै ८४ प्रतिशत मत खसेको थियो । भक्तपुरमा हाल एक लाख ६० हजार ५२९ जना मतदाता रहेका छन् ।