देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरियन भाषा परीक्षाको नतिजा भोलि आउदै, ६८ हजारभन्दा बढीले परीक्षा दिएपनि १० हजार २ सय मात्रै पासहुने

देशान्तर

 

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा भोलि बुधबार प्रकाशित हुने भएको छ । परिक्षामा ६८ हजार भन्दा बढि सहभागि भएका भएपनि १० हजार दुई सयलाई मात्र उत्रिण गराइने भएको छ । भोलि बुधबार विहान १० बजे अगाडी नै नतिजा सार्वजनिक भईसक्ने ईपीएस कोरिया शाखाले जनाएको छ ।
सरकारले यसअघि असार १६ गते नतिजा प्रकाशित गर्ने तालिका बनाएको थियो । तर, केही परीक्षार्थीले जेठ २७ र २८ गतेको परीक्षामा जाँच दिन नपाएपछि फेरि एक हप्ता कम्प्युटरमार्फत परीक्षा लिएर भोलि नतिजा प्रकाशित गर्न लागिएको हो ।

 

ईपीएस कोरिया शाखा, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग र कोरिया सरकारको आधिकारिक वेबसाइटमा ईपीएसको नतिजा हेर्न सकिने बताईएको छ ।
यो वर्ष झण्डै ६८ हजारभन्दा बढीले कोरियन भाषा परीक्षा दिएका छन् । परीक्षा आवेदन भने साढे ७५ हजारले भरेका थिए ।

 

त्यसमध्ये १० हजार २ सय जना परीक्षामा उत्र्तीण हुने गरी कोटा तय भएको छ । उत्पादनमुलुकतर्फ ४ हजार र ६ हजार २ सय कृषिमा उत्तीर्ण हुने गरी कोटा तय गरिएको छ ।

 

यो वर्षको कोटा अघिल्लो वर्षको भन्दा झण्डै तीन गुणा बढी हो । गत वर्ष ३५ सय युवा कोरियन भाषा परीक्षामा उत्तीर्ण भएका थिए । कोरियाले यहाँ लिएका सबै परीक्षाका उत्तरपुस्तिका स्क्यानिङमार्फत डिजिटजाज्ड गरेर कोरिया लाने गरेको छ । उसले मेसिनको प्रयोग गरेर ओसीआर प्रविधिबाट उत्तरपुस्तिका जाँच्ने गरेको छ ।

 

परीक्षामा उत्तीर्ण भएका सबै कोरिया जान पाउँछन् भन्ने ग्यारेन्टी भने नहुने ईपीएस शाखाले जनाएको छ । पास भएकालाई रोष्टर लिष्टमा राखेर लेबर कन्ट्रयाक्ट दिने गरिएको छ ।