देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेशनल ट्रेडिङबाट पाँच करोडको रक्सी गायब

देशान्तर

काठमाडौं । बुढापाकाहरूले चोरलाई चाबीको काम छैन भनेको कुरा अहिले आएर नेशनल ट्रेडिङ लिमिटेडका ठूला हाकिमदेखि कर्मचारीसम्मले साबित गरिदिएका छन् । मन्त्री र ठूला ओहोदामा रहेका कर्मचारी तथा तीनका आसेपासेले दशैतिहार जस्ता ठूला पर्वमा उपहार दिन भनि राखिएका महङ्गा विदेशी रक्सीहरु रातारात गायव भएपछि यतिबेला नेशनल ट्रेडिङ लिमिटेडको केन्द्रीय कार्यालयमा खैलाबैला मच्चिएको छ । प्राप्त जानकारी अनुसार असार दोस्रो साता नेशनल ट्रेडिङका कर्मचारीको मिलेमत्तोमा ती रक्सी बिक्रि गरीएको हो । रक्सी बिक्रिपछि बिबरणमा भने पिउन योग्य नहुने गरि सडेपछि रक्सी फालिएको देखाईएको स्रोत बताउँछ । कर्पोरेसन लिमिटेडले बिक्री–वितरणका लागि भन्दै ती रक्सी बिना भन्सार गतबर्ष नै आयात गरेको थियो ।

योसँगै आयात गरिएका चुरोट र चकलेट भने केही पनि नभएको स्रोत बताउँछ । नेशनल ट्रेडिङ लिमिटेडले पुरानो भएपछि प्रयोगका लागि पनि राम्रो हुने र भिआईपीहरुले पुरानै रक्सी मनपराउने भएकाले एक अर्बमा खरिद गरीएको रक्सी मध्ये ५ करोड जतिको मात्रै स्टकमा राखेको थियो । फागुनपछि उक्त रक्सी राखिएको कोठा बन्द थियो एकाएक कर्मचारीले स्टोरमा भएको सबै झुस पालाएको भेटेका थिए । प्रशासनले तीनपटक सम्म रक्सी हराएको बिषयमा बैठक राखेर जागिरबाटै निकाल्ने धम्की दिदा समेत कर्मचारीले बिग्रिएको रक्सीको बोतलमात्र कवाडीलाई बेचेको जानकारी गराएका छन् । स्रोतका अनुसार उक्त रक्सी नेपाल स्थित केही विदेशी दूतावास आसपासका बेचिएको हो । राजदरवार आसपासमा रहेको र बिभिन्न दुताबासमा वाइन सप्लाई गर्दै आएको एक डिस्ट्रिबब्युटरले सबैभन्दा बढि रक्सी खरिद गरेको बताइएको छ । तर, कर्पाेरेसनका प्रवक्ताले भने माध्यमलाई कर्पाेरेसनले कर मिनाहा गरी आयात गरेको वाइन सहितका सबै बस्तुमा सरकारले थप कर लगाएपछि बिक्रि गर्न नसकेकाले सबै सामान गोदाममा थन्किएको बताएकी थिईन ।

नेशनल ट्रेडिङले २०६५ सालमा ३२ करोड मूल्य बराबरको सामान कर मिनाह गरी आयात गरेकोमा गोदाममा अझै सात करोड ७० लाख मूल्य बराबरको सामान बिक्री नभई थन्किएका छन् । स्रोतका अनुसार ती सामानमध्ये चार करोड १७ लाख मूल्य बराबरको सामान काम नलाग्ने र तीन करोड ५२ लाख ७७ हजार काम लाग्ने अवस्थामा छन् । ह्विस्की, ब्रान्डी, लगायतका पेयपदार्थ भने हराएका छन् । अझैपनि अन्य गोदाममा करोडौ मुल्यका रक्सी रहेको स्रोत बताउछ । बजारमा सहि मुल्यमा भन्दा चोरीबाट धेरै सामान बिक्री हुने र यसको हिसाबसमेत नहुने गरेका कारण नेसनल ट्रेडिङ पछिल्लो समय धराशायी बन्दै गएको छ । घाटामा गएकै कारण कर्पोरेसनले टेकुमा रहेको ४९ रोपनी १० आना जग्गा ३ अर्ब २५ करोडमा बेचिसकेको छ ।