देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालद्वारा सिंगापुरलाई १६९ रनको लक्ष्य प्रस्तुत,जवाफी ब्याटिङ गर्दै सिंगापुर

देशान्तर

 

काठमाडौं । आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोट अन्तर्गत एसिया क्षेत्रको छनोटको चौथो खेलमा नेपालले घरेलु टोली सिंगापुरलाई जितका लागि १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालले दिएको १६९ रनको लक्ष्यसहित सिंगापुरले अहिले जवाफी ब्याटिङ सुरु गरेको छ ।

 

बालेस्टीर रोडस्थित इन्डियन एसोसियसन ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभर ५ बलमा अलआउट हुँदै १६८ रनको मध्यम स्कोर बनायो । नेपालको मध्यम स्कोरको लागि दिपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले ।

 

सिंगापुरविरुद्ध खराब सुरुवात गरेको नेपालले मात्र २० रन हुदा पहिलो विकेट गुमाएको थियो । तर, नेपालले ७४ रन जोड्दा महत्वपूर्ण ४ विकेट गुमाइसकेको थियो ।

 

त्यसपछि क्रिजमा आएका ऐरीले ८३ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ५४ रन बनाउदै नेपाललाई सम्मान जनक स्कोरतर्फ लगेका थिए । त्यस्तै नेपालका लागि सन्दिप सुनारले २६, प्रकाश केसीले २५ तथा रोहित कुमार पौडेलले १५ रन बनाए । सिंगापुरको लागि बिक्रम बिस्वारेले ३ तथा आहन गोपीनाथ र आर्यम्यान सुनीलले समान दुई दुई विकेट लिए ।

 

नेपाल आज सिंगापुरलाई पराजित गर्दै न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपमा छनोट हुने सम्भावना कायम राख्न चाहन्छ । उमेर समूहमा नेपाल अहिलेसम्म सिंगापुरसँग पराजित भएको छ ।

 

सिंगापुरबिरुद्ध पछिल्लो ५ भेटमा नेपालले सबै खेल जितेको छ । जारी छनोटको पहिलो खेलमा पनि नेपालले सिंगापुरलाई ४ विकेट पराजित गरेको थियो ।

 

तर, बिहिबार टेष्ट राष्ट्र अफगानिस्तानसँगको हारले नेपालको विश्वकप छनोट सम्भावनालाई ठुलो धक्का भने लागेको छ । अब नेपाललाई विश्वकपको यात्रा तय गर्न सिंगापुरविरुद्ध र बाकीँ दुईखेल नै जित्नुपर्ने हुन्छ ।

 

त्यसबाहेक अन्य टोलीको खेलको नतिजाले समेत भर पर्नु पर्ने हुन्छ । छनोटमा नेपाल तीन खेलबाट ४ अंकसहित दोस्रो स्थानमा छ । अफगानिस्तान तीन खेलमा ६ अंक जोडेर लिगको शिर्ष स्थानमा छ ।

 

डबल राउण्ड रोबिनका आधारमा ४ राष्ट्र सम्मलित एसिया क्षेत्रको छनोटबाट एक टोलिले विश्वकप यात्रा तय गर्ने छ ।