देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यसरी झुक्किनछन लगानी कर्ता सेयरमा

देशान्तर

 

काठमाडौं । प्रति सेयर आम्दानीको बिषमा लगानी कर्ता झुक्किदा धेरै लगानी कर्ता ठगिएको पाईएको छ ।

 
प्रतिसेयर आम्दानी उच्च देखाएर कसरी लगानीकर्ता झुक्किने अबस्थामा पुग्छन् भन्ने पछिल्लो उदाहरणका लागि बोटलर्स नेपाल तराईको सेयरलाई हेर्दा पुग्छ । प्रतिसेयर आम्दानी निकाल्दा त्रुटीपूर्ण विधि प्रयोग गर्नाले लगानीकर्ता झुक्किएका छन् ।

 

यस कम्पनीको सेयर कारोबार संंख्या पछिल्लो समयमा बढ्न थालेको छ । पहिले वर्षभरीमा १२ पटक कारोबार हुन मुस्किल रहेको यो कम्पनीको कारोबार अहिले महिनामै त्यति हुन्छ । पहिले निश्चित वर्गमा मात्र सिमित रहेको कम्पनीमा अन्य सर्वसाधारण लगानीकर्ताहरु पनि प्रवेश गरिरहेको देखिन्छ ।

 

नियमित रुपमा वित्तीय विवरण प्रकाशित नगर्ने मध्येको बोटलर्स नेपाल गत आवको दोस्रो त्रैमाश (पुससम्ममा) मा १० करोड ७६ लाख नोक्सानीमा रहेको थियो । १२ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले सो समय प्रतिसेयर आम्दानी ३ सय ५५ रुपैयाँले ऋणात्मक रहेको देखायो । प्रतिसेयर आम्दानीको हिसाबलाई कम्पनीले बार्षि्किकरण ग¥यो तर उपयुक्त सूत्र प्रयोग गरेन ।

 

कम्पनीले अपनाएको सूत्र हेर्दा दोस्रो त्रैमाशसम्मको नोक्सानी १० करोड ७६ लाख रुपैयाँलाई सेयर संख्या १२ लाख १० हजार कित्ताले भाग गरिएको छ ।

 

यसरी आएको भागफल (८८.९७) लाई ४ ले गुणन गरेर प्रतिसेयर आम्दानी ३ सय ५५ रुपैयाँले ऋणात्मक देखाइएको छ । जबकि यसको वास्तविक नोक्सानी १७९ रुपैयाँ मात्रै हो ।

 

नियमानुसार कम्पनीले पहिले नोक्सान (वा नाफा) लाई त्रैमाशको संख्या (यो दोस्रो त्रैमाशको भएकोले २) ले भाग गर्नुपर्ने थियो । त्यसपछि सेयर संख्याले भाग गरेर ४ ले गुणन गर्नुपर्ने थियो । तर, त्यसो नगरेकोले प्रतिसेयर आम्दानी निकै उच्च दरले ऋणात्मक देखियो । यसको प्रभाव बजारमा देखिएन लगानीकर्ताले सेयर होल्ड गर्न वा कायम मूल्यमा नै बेच्न रुचाए र मूल्य घटेन ।

 

तर, तेस्रो त्रैमाशमा कम्पनीले फेरी त्यही गल्ति ग¥यो । यसपटक कम्पनीले १७ करोड ८२ लाख कमायो । कम्पनीले नाफालाई त्रैमाशको संख्या (३ ले) भाग गरेन । सोझै यसलाई सेयर संख्याले भाग गरेर आएको भागफल १ सय ४७ लाई नै आधार मानेर ४ ले गुणन गरियो । जसको कारण कम्पनीको विवरणमा प्रतिसेयर आम्दानी ५ सय ८९ देखिएको छ । जबकि यसको वास्तविक प्रतिसेयर आम्दानी एक सय ९६ रुपैयाँ मात्र हो ।

 

प्रतिसेयर आम्दानी उच्च देखिँदा लगानीकर्ता सेयर किन्न हौसिएका छन् । त्यसअघिसम्म ३ हजार ५ सयको हाराहारीमा कारोबार भइरहेको कम्पनीको सेयर मूल्य ६ हजार माथि आएको छ ।

 

यद्यपि बोटलर्स नेपालले नियतबस नै लगानीकर्तालाई झुक्याएको हो भनेर भन्न सकिन्न । किनभने दोस्रो त्रैमासिकमा उच्च नोक्सान देखाउनु कम्पनीको हितमा थिएन । भलै तेस्रो त्रैमासिकमा उच्च नाफा देखाएर कम्पनीले फाइदा उठाएको छ ।

 

 

शिखर इन्स्योरेन्सले प्रयोग गरेको सूत्रलाई सही उदाहरणका रुपमा लिन सकिन्छ । यसले गत आव २०७३र७४ को तेस्रो त्रैमाशसम्ममा २६ करोड रुपैयाँ कमाएको छ । कम्पनीले नाफालाई त्रैमाशको संख्या (३) ले भाग गरेपछि प्रत्येक त्रैमाशको नाफा ८ करोड ८७ लाख निस्किन्छ ।

 

कम्पनीको ८१ लाख ७६ हजार सेयर कित्ताले त्यसलाई भागगर्दा १०.८५ हुन्छ । कम्पनीले त्यसलाई वार्षिकीकरण गर्यो र ४ ले गुणन गर्यो । यसो गर्दा कम्पनीको प्रतिसेयर आम्दानी ४३.४३ रुपैयाँ आयो । (कम्पनीको वित्तीय विवरणमा ४४ प्रतिशत उल्लेख छ) ।

 

वर्षको अन्त्यमा निकालिने प्रतिसेयर आम्दानीमा भने नाफालाई त्रैमाशको संख्याले भाग गरिरहनु पर्दैन । त्यस्तै, नाफालाई सेयर संख्याले भाग गरेपछि प्रतिसेयर नाफा निस्किन्छ, पुन ४ ले गुणा गरिरहनु पर्दैन ।

 

यही कारण शिखर कम्पनीले अघिल्लो आव २०७२र७३ मा प्रकाशित गरेको प्रतिसेयर आम्दानी र माथिको सुत्र प्रयोग गरेर निकालिएको प्रतिसेयर आम्दानी मिलेको छ । यो ६०.८४ रुपैयाँ छ ।

 
अघिल्लो आर्थिक वर्ष २०७२र७३ को वित्तीय विवरण प्रकाशित गरेका कतिपय बैंकहरुले प्रतिसेयर आम्दानीमा लगानीकर्ताहरुलाई झुक्याएका थिए । हकप्रद जारी गर्न संस्थापकहरुबाट कल इन एड्भान्सको रुपमा उठाएको रकम चुक्ता पुँजीमा जोडे पनि प्रतिसेयर आम्दानी भने त्यही अनुसार समायोजन गरेका थिएनन् । यसले बैंकहरुको प्रतिसेयरमा आम्दानी वास्तविकभन्दा बढि देखिएको थियो ।

 

समाचारहरुमा यो विषय आएपछि ती मध्ये केही बैंकले सुचना नै जारी गरेर वास्तविक प्रतिसेयर आम्दानी बारे जानकारी दिएका थिए । त्यसपछि वित्तीय विवरण प्रकाशित गरेका बैंकहरुले भने हकप्रदको लागि कल इन एड्भान्समा उठाएको रकम प्रतिसेयर आम्दानीमा नै समायोजन गरेर दिन थाले ।

 

प्रत्यक्ष नियामक निकाय भएका बैंक तथा वित्तीय संस्थाहरुले लगानीकर्तालाई झुक्याइरहेको समयमा त्यस्ता निकाय नभएका संस्थामा अझ बढि समस्या देखिदै आएको छ ।