देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तेस्रो चरणको उमेद्वारी दर्ता भदौ २१ गते

देशान्तर

काठमाडौं । प्रदेश नम्बर २ मा हुने स्थानीय तहको चुनावका लागि भदौ २१ गते उम्मेदवारी दर्ता हुने भएको छ ।

 
असोज २ गते हुने चुनावका लागि निर्वाचन आयोगले बिहीबार निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । जस अनुसार भदौ २१ गते विहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय छ ।

 

त्यही दिन साँझ साढे ५ बजे उम्मेदवारको सूची प्रकाशित गरिनेछ भने २२ गते उजुरी र त्यसमाथि छानविन हुनेछ ।

 
२३ गते उम्मेदवारी फिर्ताको समय तोकिएको छ भने २४ गते उम्मेदवारको अन्तिम सूची प्रकाशित हुनेछ ।

 

त्यही दिन उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम छ ।
प्रदेश नम्बर २ का ८ जिल्लाका १२७ स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि असोज २ गते मतदान हुनेछ ।