स्थानीय तहको दुई चरणको निर्वाचनको परिणामलाई हेर्दा नेपाली कांग्रेस एमाल भन्दा पछि पर्नुका अनेकौं कारणहरू छन् । भूतकालमा कांग्रेसले सुरु गरेका कुनै पनि व्यवस्था विरुद्धमा लडाइँ लडेर स्थापित गराउँदै आएका जनताका अधिकार भविष्यमा कसरी सुरक्षित रूपमा स्थापित गर्ने भन्ने विषयमा मात्रै केन्द्रित रहनु पहिलो कारण हो । जनता सार्वभौम हुनुपर्छ र नेपालमा जनताको शासन कायम हुनुपर्छ भन्ने विषयको लडाइ कांग्रेसको इतिहास हो ।  झन्डै सत्तरीको दशकमा पुग्दा पनि कांग्रेसले बोकेका सिद्धान्त र लक्ष्यहरू पूरा भएका छैनन् । यसलाई पूरा गर्न जुन लक्ष्यका साथ कांग्रेस अगाडि बढेको छ, त्यो आउने भविष्यमा पूरा हुने विषय हुन् । तर, वर्तमान के थियो भन्ने कुरा कांग्रेस नेतृत्वले बुभ्mन सकेन । नेतृत्वले नबुझ्दा नेताले बुझेनन् । कार्यकर्ताले बुझेनन् । अनि जनताले किन कांग्रेसलाई कम मत दिए भनेर गुनासो गर्ने र विभिन्न अन्तर्घातका नाउमा कारबाही हुन्छ भन्नुभन्दा पनि आत्मा भित्रैबाट यी र यस्ता कारणहरूको खोजी र समीक्षा गर्नु अहिलेको आवश्यकता हो ।

अब कांग्रेसले इतिहासमा रमाउनेभन्दा पनि इतिहास बचाएर भविष्यमा गर्ने कामका विषयमा वर्तमानलाई समीक्षा गर्न आवश्यक छ । कांग्रेसले प्रजातान्त्रिक आन्दोलनको सुरुदेखि अहिलेको संविधान कार्यान्वयन गराउनेदेखि मधेसका माग सम्बोधन गर्ने विषयसम्म आइपुग्दा अशान्ति, अव्यवस्थाको निकासका लागि नेतृत्व गरिरहेकै छ । तर पनि कांग्रेसमाथि व्यापक असन्तुष्टि छन् । मियो बनेर लडाइ“को नेतृत्व गरेको कांग्रेस माथि किन प्रश्न आउ“छन् ? । समाजवाद र प्रजातान्त्रिक मान्यताभन्दा भिन्न सिद्धान्त बोकेर अहिले पनि हिँडिरहेका कम्युनिस्टहरू कांग्रेसका सिद्धान्त भजाएर नेपालको राजनीतिमा पहिलो र दोस्रोको जोडघटाउ गरिरहेका छन् ?। किन आज कांग्रेसका भन्दा उनीहरूका संगठन बलिया र मजबुत हुँदै गएका छन् ? । त्यसकारण कांग्रेसले भूत र भविष्यको भन्दा पहिले वर्तमानमा देखिएका विषयहरूको समीक्षा गर्नुपर्ने अवस्था आएको छ त्यो पनि ढिलो नगरी गर्नुपर्छ । स्थानीय तहमा कांग्रेस पराजय हुनमा आन्तरिक कारण पनि धेरै छन् । र, त्यसमध्ये एउटा विषय हो खर्च व्यवस्थापन । विपक्षीले कांग्रेस हराउन गाउँदेखि नगरसम्मको टिकट वितरणमा उम्मेदवारबाट कति पैसा उठाए र देशीविदेशी संस्थाहरूले कति खर्च गरे यसको हिसाबकिताब कुनै दिन आउँछ । त्यसै पनि यो चुनाव धेरै खर्चिलो भयो । कांग्रेसले धेरै खर्च खर्न सकेन ।

चुनाव धेरै महँगो सावित भयो । यस्तो खर्च यस अगाडि भएको थिएन । तर, वर्तमान हो । वर्तमानलाई जस्ले बुझ्न सक्छ त्यो अगाडि जान्छ ।
परिस्थिति हो सधैं कांग्रेस अनुकूल हुन्छ भन्ने हुँुदैन । कहिलेकाहीँ परिस्थिति कांग्रेसको अनुकूल नहुन सक्छ र अहिले भएन । यसको अर्थ कांग्रेस पराजित भयो र कार्यकर्ता निरास भएका छन् भन्ने होइन । अहिले जे भएको ठीक छ । ठीक नभएका विषयहरूको कांग्रेसभित्र उचित समयमा उचित समीक्षा हुन्छ । कांग्रेस अहिले एउटै विषयमा मात्रै समीक्षा गरेर सुधार हुने अवस्था छैन । सधैं हरेक आन्दोलनको नेतृत्व गर्दै आएको कांग्रेस पछि पर्नुका धेरै कारणहरू छन् । यसलाई केन्द्रदेखि स्थानीयतहसम्म समीक्षा गर्नुपछ । कतिपय निर्णयहरू समय अनुकूल भएनन् भने पनि त्यसको ठूलै नकारात्मक प्रभाव पर्छ ।

हामीले समयमै कतिपय निर्णयहरू गर्न सकेनांै र हाम्रो आन्तरिक गृहकार्य पनि पर्याप्त भएन । कांग्रेसले पर्याप्त गृहकार्य गर्न नसक्नेको फाइदा अहिले सबैभन्दा बढी एमालेलाई भयो । एमालेलगायतका अरू पार्टीले समयमै उम्मेदवार छनोट गरेर निर्वाचनका लागि खटाए । अरू पार्टीको प्रचारप्रसार सुरु भइसक्दा कांग्रेसका उम्मेदवारहरूको छनोट नहुनु पनि समस्याकै विषय हो । नेतृत्वले सही ठाउ“मा सही उम्मेदवारको छनोट गर्न नसक्नु पनि धेरै ठाउ“मा चुनाव हार्नुका कारण बनेका छन् । छनोटका क्रममा ठाउ“ठाउ“मा हाम्रा राम्रा उम्मेदवार नपरेको गुनासो आएको छ ।

नेतृत्वले समायोजन गर्न नसक्दा केही ठाउँमा विद्रोहीको पनि उपस्थिति भयो र त्यहा“ चुनाव हारियो । सरकारमा रहेका अवस्थामा केही निर्णयहरूले गर्दा पार्टीलाई ठूलो असुल ग¥र्यांै र यसको प्रभाव प्रत्यक्षरूपमा निर्वाचनमा पर्न गयो । तर, यो विषयमा समयमै समीक्षा हुन्छ । बजेटलगायतका कारणले अहिले पार्टी सभापति व्यस्त भएका कारण ढिला भएको हो । तेस्रो चरणको निर्वाचनमा यस्ता विषयहरू सच्चिनुपर्छ र सच्चिएर कांग्रेस निर्वाचनमा जान्छ । पार्टी नेतृत्वको कमजोरीको कारणले कतिपय कार्यकर्ताहरू कमजोर मानसिकता बोकेर निर्वाचनमा गए र यस्तो परिणाम आएको कुराहरू पनि आएका छन् ।

तर, नेतृत्वमा कमजोरी भए पनि कांग्रेस कार्यकर्ता कमजोर छैनन् । निर्वाचनमा जाने कतिपय कार्यकर्तालाई मोर्चाबन्दी र तालमेलले पनि प्रभाव पारेको छ । स्थानीय तहका कार्यकर्ताले चाहेको ठाउँमा तालमेल हुनपर्ने थियो । तर, केन्द्रले हस्तक्षेप गर्दा काठमाडांै, पोखरा र चितव जस्ता कांग्रेसको पकड भएका ठाउँहरू गुमाउनु प¥र्यो । चितवनमा अन्तिम समयमा आएर जित निश्चित भएको उम्मेदवारलाई फिर्ता बोलाउँदा त्यसको असर समग्र देशभरिका कार्यकर्तामा पर्न गयो । यो गम्भीर भूल थियो र यसलाई कांग्रेसले समीक्षा गर्नेछ ।

पार्टीमा केही कमजोरी र असन्तुष्टि हुनु भनेका सामान्य कुरा हुन् । तर, सत्तासमीकरण र प्रदेश विभाजनको विषयले स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई धेरै ठूलो असर पु¥र्यायो । निर्वाचन अगाडि भएका सरकारका केही निर्णयले हाम्रो पक्षमा रहेको जनमत बिथोलियो । चाहे ती न्यायालयका विषय हुन् वा प्रहरी महानिरीक्षक नियुक्तिलगायतका विषय हुन् । तर, यसो भन्दैमा निराश हुनुपर्ने अवस्था छैन । हुन त सत्तामा रहँदा फाइदा र बेफाइदा दुवै हुन्छन् । तर यसपटकको सत्ता कांग्रेसलाई भन्दा प्रतिपक्षी एमालेलाई बढी फाइदाजनक भयो । यसबाट कांग्रेसले ठूलो पाठ सिकेको छ । यो पाठबाट कांग्रेसले पार्टीको संगठनदेखि सबै कुरामा नयाँ तयारी र समीक्षा गर्न आवश्यक देखिएको छ ।

अर्को प्रदेश विभाजनको विषय पनि कांग्रेसका लागि घातकसिद्ध भयो । पाँच नम्बर प्रदेशमा विभाजनको कुरा किन र कसरी आयो भन्ने कुरा कांग्रेसले जनस्तरमा बुझाउन सकेन । तर, प्रतिपक्षले यसैलाई चुनावको मूल एजेन्डा बनाए । प्रदेश विभाजनको परिणाम निर्वाचनमा पर्ने सम्भावना थियो । पा“च जिल्ला विभाजन गर्ने कुरा मधेसवादी दलहरूको मागमा आएको थियो तर, जनताले विरोध गरे । यसमा हामीले लिएको अडान ठीक थियो कि थिएन भन्ने विषयमा समीक्षा हुनुपर्छ । उम्मेदवार छनोटका विषयमा पनि समीक्षा गर्नुपर्छ । स्थानीय तहबाट उम्मेदवार छानिएका ठाउँमा हाम्रो हार भएको छैन । केन्द्रले हस्तक्षेप गरेका ठाउँमा मात्रै कांग्रेस हारेको छ । स्थानीय जनमतलाई कांग्रेसले बुझ्न सकेन । सिमानाको विवाद त्यहीँका जनतालाई दिएर उनीहरूलाई जनमत संग्रहमा लान पनि सकिन्थ्यो ।तर, त्यसमा कांगे्रसले पिचार नपु¥याएकै हो ।

संविधान संशोधनको विषयलाई पनि कांग्रेसले प्रष्टरूपमा अगाडि लान सकेन । संविधान संशोधन प्रक्रियाको कुरा थियो । पास गर्न बहुमत चाहिन्छ भन्ने कुरा आन्दोलनमा रहेका मधेसी दलहरूले पनि नबुझेका थिएनन् । मधेस खुसी हुन्छ भन्ने बहानामा पटकपटक निर्वाचनको मिति सरियो । यो गलत थियो । मधेसलाई खुसी पार्न निर्वाचन सारिएका कारण पनि दोस्रो चरणमा कांग्रेसको जनमतमा फरक परेको छ । त्यसकारण अहिले कांग्रेस नेतृत्वमा सरकार छ ।

अब संशोधनको विषयलाई लिंगरिङमा राख्नु हुँदैन । जे हुन्छ यसलाई संसद्बाट टुंगो लगाउनुपर्छ । कांग्रेसले संविधान संशोधनको विषयका कारण अब कारण तेस्रो चरणको निर्वाचनलाई प्रभावमा पार्नु हुँदैन । बहुमतको जिम्मा सरकारले लिन सक्दैन । जस्ले माग गर्नुभएको छ उहाँहरूले पनि दुई तिहाइ पु¥याउन मद्दत गर्नु प¥र्यो । जुन विकल्प हुन्छ त्यो विकल्पमा सरकार जानुपर्छ । र कांग्रेसले भूत र भविष्यलाई मात्र हेरेर हुँदैन । भूतबाट प्राप्त भएका उपलब्धिलाई भविष्यमा कार्यान्वयन गराउन पनि वर्तमानलाई बुझ्न र आत्मसात गर्न आवश्यक छ ।