देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सामुदायीक क्यापस प्रमुख निजिमा कुम्लयाउँन ब्यस्त

देशान्तर

बारा । सामुदायीक उच्च माद्यमिक विद्यालयका प्रमुखले नै निजि विद्यालय खोलेर सन्चालन गरिरहेको पाइएको छ । बाराको सिमरामा रहेको सामुदायीक उच्च मावि सिमरा कलेजका प्रमुखले नै निजि विद्यालय खोलेर सन्चालन गरिरहेको भेटिएको हो ।
सिमरा कलेजका प्रमुख सुमन भट्टराइले आफ्नै लगानिमा कक्षा १२ सम्मको सिमरा पब्लिक स्कुल सन्चालन गरेका हुन् । समुदायमा आधारीत उच्च माविको प्रमुख भएर सेवा सुविधा प्रयोग गरि निजि सस्था चलाउन नपाउने नीति रहे पनि त्यसलाई धज्जि लगाउँदै भट्टराईले आफ्नै लगानिमा १२ कक्षा सम्म पढाइहुने निजि स्कुल सन्चालन गरेका हुन् ।
समुदायमा आधारीत स्कुल÷कलेजको सेवा उपभोग गर्ने र निजि विद्यालय÷सस्था संचालन गर्नेलाई कारवाहि गरिने शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले बताए । अझ सामुदायीक कलेजका प्रमुख नै निजि विद्यालय खोल्न उद्धत भएको भन्ने घटनाले आफुहरुको ध्यानाकर्षण भएको भन्दै उहाँले त्यस्ता गतिविधिमा संलग्नलाई कानूनि कारवाहिको दायरामा ल्याउने बताए ।
सिमरा पब्लिक स्कुलको भर्ना सम्बन्धि स्थानिय सन्चार माध्यममा दिएको सुचनामा सिमरा कलेजका प्रमुख सुमन भट्टराइको नाम र नम्बर उल्लेख गरेरै प्रचार प्रसार गरिरहेको छ ।
सिमरा कलेजले नै सिमरा पव्लिक स्कुल सन्चालन गरे जसरी नै सन्चारमाद्यममा विज्ञापन बजाएर विद्यार्थी र अभिभावकलाई भ्रममा पार्ने काम गरिरहेको स्थानिय अभिभावकहरुले गुनासो गरेका छन् ।
शिक्षा नियमावलि अनुसार सामुदायीक विद्यालय÷कलेजका प्रमुख वा कर्मचारीले आफ्नो प्रत्यक्ष संलग्नतामा निजि विद्यालय÷कलेज खोल्न पाउँदैनन् ।
जिल्ला शिक्षा कार्यालय बाराका जिल्ला शिक्षा अधिकारी धनप्रसाद पोखरेलले सामुदायीक कलेजका प्रमुखले नै निजि स्कुल÷कलेज सन्चालन गरेर सन्चारमाद्यमममा प्रचार प्रसार गर्दै हिँड्नु कानूनि राज्यको उपहास हो भन्दै घटनाको वास्तविकता बुझि कारवाहि प्रकृया अघि बढाउने बताए ।
सामुदायीक रुपमा सन्चालित सिमरा कलेजकै व्यवस्थापन प्रमुख समेत रहेका सालिकराम अधिकारीको समेत उक्त निजि विद्यालय लगानि रहेको बुझिएको छ । दुवै जनाको मोवाइल नम्वर सहितको विज्ञापन सिमराका स्थानिय रेडियोहरुमा दिनहुँ बज्ने गरेको अभिभावकहरु बताउँछन् ।
सिमरा कलेजका प्रमुख भट्टराई र व्यवस्थापन प्रमुख अधिकारी दुवैले सिमरा पब्लिक स्कुलमा अध्यापन समेत गराउने गरेको विद्यार्थीहरु बताउँछन् । प्रमुख भट्टराई र अधिकारीले एकै समयमा पढाइ हुने भएकाले दुवै तर्फ समय मिलाएर अध्यापन गराउने गरेको विद्यार्थी बताउँछन ।
सिमरा कलेजका प्रमुख भट्टराइले निजि विद्यालय÷कलेजमा लगानि रहेको स्विकार्दै आफुहरु मात्रै नभइ थुप्रैले यसरी निजि स्कुल÷कलेज चलाईरहेको बताए । सिमरा पब्लिक स्कुलमा आफ्नो थोरै मात्र लगानि रहेको भन्दै भट्टराइले प्रचार प्रसारमा आफ्नो नाम कहिँ कतै उल्लेख नरहेको दावि गरे ।
तर सिमरा पब्लिक स्कुलको भर्ना सम्बन्धि पर्चा पम्प्लेटहरुमा दुवै जनाको मोवाइल नम्वर प्रस्ट रुपमा लेखिएको छ । सिमरा पब्लिक स्कुलमा हुने हरेक कार्यक्रमहरु समेत उनिहरुकै आयोजनामा हुने गरेका छन् । सामुदायीक रुपमा सन्चालित सिमरा कलेजमा अध्यापन गराउन छाडेर पब्लिक स्कुलमा बढी समय दिने गरेकाले सिमरा कलेजको भन्दा राम्रो नतिजा पब्लिक स्कुलको आउने गरेको अभिभावकको गुनासो छ ।