देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बामपन्थीको बेइमानीले टानको दुईवर्षे कार्यकालमा विवादै विवाद

देशान्तर

काठमाडौं । ट्रेकिङ व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल ‘टान’ को आर्थिक विषयलाई लिएर लामो समयदेखिको विवाद अझै सुल्झिएको छैन । आर्थिक स्रोत परिचालन सम्बन्धमा टानका पदाधिकारीबीच चुलिएको विवादले समग्र टानको प्रशासनिकदेखि प्रवद्र्धनात्मक कार्यलाई असर पुगेको छ । टान नेतृत्व र कोषाध्यक्षबीच बैंक खाताको विषयमा जुहारी चल्दै आएको छ ।
कोषाध्यक्ष लीलावल्लभ दाहाल ‘काका’ ले टानको आर्थिक स्रोत परिचालन गर्दा टान अध्यक्ष वा महासचिव र कोषाध्यक्षको अनिवार्य हस्ताक्षर चाहिने विधानतः व्यवस्था भए पनि टान अध्यक्ष चन्द्र रिजाल र महासचिवले आफ्नो हस्ताक्षर दुरुपयोग गरेको आरोप लगाएका छन् । उक्त व्यवस्थाविपरीत सह–कोषाध्यक्षको हस्ताक्षर चलाउन सकिने सहमति भएको भन्दै अध्यक्ष र महासचिवले सनराइज बैंकमा खातासमेत सञ्चालन गरेकोमा कोषाध्यक्षको गम्भीर असन्तुष्टि छ ।

बैंक खाता सम्बन्धमा टान नेतृत्वले प्रष्ट जवाफ दिनुपर्ने भन्दै उनले यदि विधानको निरन्तर उल्लंघन गरिए सर्वोच्च अदालत र अख्तियारमा जाने चेतावनीसमेत दिएका छन् । यता अध्यक्ष रिजालले भने कोषाध्यक्षले नेतृत्वमा आएदेखि नै विवाद झिकेर संस्थालाई कमजोर बनाएको आरोप लगाएका छन् । सुरुमा पा“च हजार रकम दिने विषयदेखि नै उन (कोषाध्यक्ष) ले विवाद झिकेका थिए । ‘ठूलो कुरा आर्थिक नै हो, आर्थिक कुरा रोकिएपछि टानका सबै गतिविधि प्रभावित भएका छन् उहा“ले अझै चेकमा हस्ताक्षर गर्न मान्नु भएको छैन, अब, विधानअनुसार अघि बढ्छौं’, अध्यक्ष रिजालले भने । उनका अनुसार टानको दैनिक प्रशासनिक खर्च, विज्ञापन, कर्मचारीको सुविधाका साथै पदयात्रा प्रवद्र्धनलगायत काममा समस्या आएको छ ।

टानले गर्ने कुुनै पनि आर्थिक कारोबारमा अध्यक्ष वा महासचिवमध्ये कुनै एक तर कोषाध्यक्षको हस्ताक्षर अनिवार्य हुनुपर्ने प्रावधान टानको विधानमा उल्लेख छ । चन्द्र रिजाल नेतृत्वको वर्तमान कार्यसमितिका केही सदस्यले जथाभावी खर्चमा हस्ताक्षर गर्न कोषाध्यक्षलाई आग्रह गरेको थियो । उक्त प्रस्ताव कोषाध्यक्षले अस्वीकार गरेपछि अधिकार कटौती गर्ने गरी विधान संशोधन गर्ने प्रयास नेतृत्वले गरेको आरोप छ । टिम्स ‘पदयात्री सूचना व्यवस्थापन प्रणाली’ कार्ड कोषको रकम हिनामिना गर्न खोजेकाले त्यसलाई रोक्न आफूले हस्ताक्षर नगरेको कोषाध्यक्ष दाहालले बताए ।

‘टिम्सको पैसा अफिसको भाडा तिर्न र कर्मचारीलाई तलब दिनमात्र मिल्छ, तर, सो रकम नेतृत्वले टानको साधारणसभा र होटेलमा भएका अन्य कार्यक्रमको पैसा तिर्न खोजेकाले हस्ताक्षर नगरेको हुँ’, उनले भने । टान पछिल्लो समय आर्थिक संकटमा फस्दै गएपछि कोषाध्यक्षले खर्चमा मितव्ययी तरिका अपनाउने गरी अघि बढेको तर रकमान्तर गरेर भए पनि खर्च गर्ने ध्यानमा नेतृत्व लागेको बताइन्छ । टानले विवादका बीच पनि अन्य संस्थास“गको सम्बन्ध सुमधुर बनाउन सफल भएको जनाएको छ । अहिले नेपाल पर्यटन बोर्ड, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल, होटेल एसोसिएसन अफ नेपाललगायत संस्थास“ग टानले सम्बन्ध सुधारेको अध्यक्ष रिजालको भनाइ छ ।

टानमा अहिले करिब १६ सय ट्रेकिङ कम्पनी आबद्ध छन् । दुईवर्षे कार्यकालमा टानको सचिवालय व्यवस्थापन, प्रशासन सुधार तथा नवीकरण नगरी सञ्चालित करिब दुई सय ट्रेकिङ कम्पनीको नवीकरण नगरिएको टानले जनाएको छ । टानले लाङटाङ म्याराथनबाहेक अन्य कुनै उल्लेखनीय प्रवद्र्धनात्मक काम गर्न सकेको छैन । अहिलेको नेतृत्वको दुईवर्षे कार्यकाल आगामी सेप्टेम्बरमा सकिँदैछ ।