देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेतालाई कमजोर वा बलियो बनाउने गेम होइन यो : नवीन्द्रराज जोशी

देशान्तर

नेपाली कांग्रेसले संविधान संशोधनका लागि यति लामो समयसम्म प्रयास गर्‍यो तर अब कांग्रेस नेतृत्वको सरकार नै संशोधनबाट पछाडि हटेको हो ?
संविधान संशोधनका लागि अझैपनि हामी लागेका छांै । हामीले संविधानको कार्यान्वयनमा नेपालको संसद्को पहिलो दल भएको नाताले संविधान निर्माणमा र संविधान संशोधनमा जुन भूमिका निभाउनुपर्ने हो । तर कांग्रेसको यसको स्वामित्व सबैले लिऊन् भनेर सबैलाई मिलाउने उद्देश्य राखेर हामीले सबै प्रयास गर्‍र्यांै । सारा नेपाली जनताले यो संविधानलाई मेरो संविधान भन्न सकून् र कसैको पनि सकेसम्म गुनासो नहोस् भन्ने कुरालाई हामीले प्राथमिकतामा राखेर सबै कामहरू अगाडि बढाएको सबैका सामु छर्लंगै छ । यी कुराहरू राजपाले उठाए, अरूले उठाएका छन् त्यसलाई सम्बोधन गर्ने प्रयास नेपाली कांग्रेसले गरेको छ । त्यो प्रयास अझैपनि जारी छ ।

माओवादी केन्द्रको नेतृत्वमा सरकार थियो त्यो बेलादेखि प्रयास गर्दै आयो तर अहिले आएर दुई तिहाइ पुगेन भनेर संसद्मा पेस भएको प्रस्ताव थाती राख्ने तयारीमा छ ?
संविधान संशोधनमा जुन कुराहरूराखिएका छन् । नेपालको संविधानकै जारी गर्ने क्रममा केही प्रश्नहरू उठे यसलाई अहिले समाधान गर्नुपर्छ भन्ने भयो । विशेष गरेर तराईबाट प्रतिनिधित्व गर्ने सांसदहरूले तत्कालीन बेला नेपाली कांग्रेस र एमाले नेतृत्वको सरकार थियो । जुन विषयहरू उठान भयो ती विषयहरू भविष्यमा गएर सम्बोधन गर्छांै र समाधान गर्छौं भन्ने कुराहरू विश्वास दिलाएर संविधान जारी गरिएको हो । संविधान जारी गरिसकेपछि तराई मधेसका लागि उपयुक्त विषयहरू पार्टीका बीचमा तत्कालीन नेकपा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेसलगायतका पार्टीले उठाउनुभएका विषयहरूलाई सम्बोधन गर्नुपर्छ भनेर समझदारी गर्‍र्याैं । त्यही समझदारी अनुरूप अहिले संविधान संशोधनको कुरा अगाडि बढाइएको हो । अहिले पछाडि हट्यो भन्ने होइन । अहिले पनि हामी सार्थक प्रयास गरिरहेका छांै । संविधान संशोधनलाई सार्थकता दिने नेपाली कांग्रेसको दायित्व हो । संविधान संशोधनको वातावरण बनाएर सम्बोधन गर्नुपर्ने हो त्यो कुराको लागि आवश्यक संख्या जुटाउनका लागि एमालेलगायत सबैलाई अनुरोध गरिरहेका छौं यसले यो संविधानको अपनत्व गराउँछ भन्ने धारणा छ । यसैको प्रयासमा कांग्रेस अहिले पनि छ ।

राष्ट्रिय जनता पार्टी या संविधान संशोधन विधेयकको पक्षमा देखावाटीमात्र हो कि साँच्चै कांग्रेस र माओवादी केन्द्र पनि छन् भन्ने परीक्षाको घडी भएको भन्दै आएको छ अनि कांग्रेस चाहिँ संख्या पुग्दैन भनेर थाती राख्ने विचारमा रहेको देखिन्छ ?
पहिले यो विधेयक प्रस्तुत भएको हो । बीचमा सरकारले फिर्ता लियो । यो विषय राजपाको नेतृत्वलाई पनि जानकारी छ । ्संविधान संशोधन गर्नका लागि हामीले गरेका प्रयासहरू र निर्णयमा पुर्‍याउने हो । कांग्रेस आफूले थालेको काम पूरा गर्ने टुंगोमा पुर्‍याउने हो । हाम्रो परीक्षाको घडी नै होइन हामी हिजो पनि संविधान कुनै जड विषय होइन कहिल्यै संशोधन हुनै नसक्ने भन्नेमा छैनांै । अहिले पनि सबैले स्वीकार गर्ने नै संविधान बनाउनुपर्छ भन्ने हो । त्यसका लागि निर्णय हुने गरेर वातावरण बनाउन हामीले प्रयास गरेका छौं । संसद्मा पेसभएर अन्तिममा अड्किने भएकाले पुन: प्रयास गर्नु परेको छ ।

कांग्रेसले लामो समयसम्म संविधानसंशोधन गर्नुपर्छ भन्ने पक्षमा वकालत गर्‍यो । अहिले २ नं. प्रदेशको निर्वाचन हुँदै छ तेस्रो चरणमा यही निर्वाचनमा जानेबेलामा चै विपक्ष नेकपा एमालेले कांग्रेसले संविधान संशोधन विधेयक काखी च्यापेर भाग्यो भन्न थालेको छ । राष्ट्रिय जनता पार्टीले पनि कांग्रेसकै कारण संशोधन हुन सकेन भन्दै छ ?
संविधान संशोधन पास नहुने गरी संसद्मा पेस गरिँदा त्यसको परिणाम राम्रो हुँदैन । जहाँसम्म एमालेको कुरा छ, एमालेले हौवा फैलाउन सफल भएको छ । नेपाली कांग्रेस यति कमजोर छ जुन एमालेले भ्रमैभ्रममा अगाडि बढाएको छ । जुन तरिकाले नेपाली कांग्रेस जानुपर्ने हो त्यसरी जान सकेको छैन । नेपाली कांग्रेसले तराई मधेसको विकासका लागि त्यहाँको जनताको अधिकारका लागि लोकतान्त्रिक आन्दोलनको सुरुवात नेपाली कांग्रेसका लागि तराई मधेसमा जनताले जुन योगदान गरेका छन् त्यसको कदर र प्रशंसा गर्दै अगाडि बढेको छ । राजपाले एमालेले कुरा उठाएभन्दा पनि नेपाली कांग्रेसको मूलत विचार त्यहाँका सबै नेपाली, सबै ठाउँका नेपाली जनतालाई एक ठाउँमा राखेर देश विकासको कुरा गर्न सकियो भनेमात्रै राष्ट्रको विकास हुन्छ । जातजाति, भाषाधर्म, संस्कृति, परम्परा संस्कृति क्षेत्र सबै एकठाउँमा बसेर बलियो नेपालको निर्माण गर्नेहो भनेदेखि मात्रै नेपाल अगाडि बढ्ने हो यो कुरा नेपाली कांग्रेसले गरिराखेको छ । प्रयास पूर्णरूपमा गरेको छ । तर जनताका सामु स्पष्ट रूपमा राख्न सकेको छैन । एमालेको जुन प्रकारको हौवा फैलाउन रणनीति छ, त्यसले गर्दा कहिलेकाहीँ नेपाली कांग्रेसलाई मिसन अन्डरट्यान्ड गरिन्छ । त्यसैले हामीले त्यसलाई राम्रोसँग सम्बोधन गर्न चाहेका छौं । संविधान कार्यान्वयनको लागि जुन प्रयास गरेका छौं त्यसलाई सबैले मूल्यांकन गर्नेछन् ।

संविधान संशोधनको विषयमा राप्रपाले पनि छलफल थालेको छ नेकपा एमालेका नेतासँग पटकपटक राजपाको संवाद भइराखेको छ । यस्तो अवस्थामा संशोधनका विषयमा अलि निष्क्रिय भएको जस्तो देखियो ?
सबै राजनीतिक दलहरू बस्नु वार्ता गर्नु राम्रो कुरा हो । कतिपय ठाउँमा यस्तो देखिन्छ भने एउटा राजनीतिक दल अर्को दलका नेतासँग बोलीचाली बन्द भएको देखिन्छ त्यो गर्नु हुँदैन । हामीले आन्दोलन संयुक्त रूपमा गर्‍र्यांै संविधान निर्माण संयुक्त रूपमा गर्‍र्यांै नेपाली राजनीतिक दलहरूको केही विषेशता छ । त्यसलाई हेर्दा राजपाका नेताहरूले वार्ता गरेका छन् त्यो सकारात्मक कुरा हो । वार्ताबाट पनी एमालेले स्वीकार्ने वातावरण निर्माण भयो भने अनि हामीले सरकारलाई प्रस्तुत गर्दा राम्रै परिणाम आउँला ।

हिजोसम्म एमाले र राजपाका बीचमा छलफल हुने स्थिति थिएन आज त्यो वातावरण बनेको छ । कांग्रेस पनि सबै सँगसँगै बसेर निष्कर्ष निकाल्न सकिँदैन ?
सभापतिज्यूले बोलाएर सबैसँग बस्ने छलफल गर्ने गरिरहनुभएको छ । अघिल्लो सरकारका बेलामा पनि कांग्रेसले छलफल गरिरहेको हो । अहिले पनि छलफल गरिरहेकै छ ।

संविधान जारी हँुदाका दिनदेखि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका पालादेखि संविधान संशोधनको विषय अगाडि आयो सुशील कोइरालाको सरकार परिर्वतन भयो । त्यसपछि दाहाल प्रधानमन्त्री बन्नुभयो अहिले शेरबहादुर प्रधानमन्त्री हुनुहुन्छ । अहिले आएर संविधान संशोधनको कुरा टुंगिएला के लाग्छ तपाईंलाई ?
नेपाली जनताले चाहना गरेको राजनीतिक स्थायित्वतिर जना आवश्यक छ । सबै नेपाली जनताको जीवनमा अहिलेको भन्दा उच्च जीवन राम्रोसँग शिक्षा, स्वास्थ्य, खाना पाउने यी कुराहरू दिन आवश्यक छ । सबै राजनीतिक दलहरूको प्रतिबद्धता पनि सबै नेपाली नागरिकको जीवनमा सकारात्मक परिर्वतनका साथ चाहन्छन् । यो संविधान शान्तिका लागि, राजनीतिक स्थायित्वका लागि र विकासका लागि नेपाली कांग्रेसले खेलेको भूमिका नेपाली कांग्रेसको नेतृत्वमा भएको हो । आज जुन स्थानीय तह निर्माण भएको छ । स्थानीय तहले जुन अधिकार सम्पन्न गराइएको छ । त्यसको नेतृत्व पनि वास्तवमा नेपाली कांग्रेसले गरेको छ । जनतालाई अधिकार सम्पन्न बनाउने गाउँमा बसेका जनतालाई भन्ने कुराको जसको राज्यमा पहुँच छैन जसलाई हामीले सम्बोधन गर्नुपर्नेछ । ती सबैलाई हामीले सम्बोधन गर्नका लागि यो संविधानले ठूलो अवसर दिएको छ र अहिले निर्वाचन पनि भएको छ । अब २ नम्बर प्रदेशमा निर्वाचन बाँकी छ त्यहाँ पनि निर्वाचन हुन्छ । त्यसैले सबैले यो कुरालाई आत्मासात गरोस् र आर्थिक एजेन्डामा सबैले ध्यानदिनु पर्छ । यसलाई अगाडि लग्न सक्यौं भने समृद्ध राष्ट्रका रूपमा प्रस्तुत गर्न खोजेका छौं त्यो समृद्ध राष्ट्रनिर्माण गर्न सक्छांै ।

मधेसका केही नेताहरूले के भन्ने गरेका छन् भने मुख्य पार्टी कांग्रेस, एमाले, माओवादी यो संविधान संशोधनको मुद्दा टुंग्याउनेभन्दा पनि मधेस केन्द्रित भएर राजनीति गर्ने शक्तिहरूलाई विभाजित गर्ने, कमजोर बनाउने यो संविधान संशोधन केही नगर्नेतर्फ लागे भनिएको छ । करिबकरिब त्यस्तै देखिएको छ । यो संविधान संशोधन भन्दा पनि शक्ति कमजोर बनाउनतर्फ लागेका हुन् त पाटीहरू?
कसैलाई कमजोर बनाउन आवश्यक नै छैन आफैं बलियो छन् । दोस्रो संविधानसभाको निर्वाचनमा पनि नेपाली कांग्रेस ठूलो पार्टीको रूपमा आएको छ । त फेरि पनि पनि नेपाली कांग्रेस ठूलो पार्टीका रूपमा आउँछ किनभने तराई मधेसका वास्तविक रूपमा समस्याको लागि त्यहीँ बसेर नेपाली काग्रेसले आन्दोलन गर्‍यो । राणाका बेलामा त्योभन्दा अगाडि नै नेपाली कांग्रेसले आन्दोलन गर्न थाल्यो त्यसका आधा भूमिकाका रूपमा तराईबाटै गर्‍यो ।

तराईलाई केन्द्रित गरेर तराईमा असन्तुष्टि राख्दै गरेका राजनीतिक दलहरू कमजोर भए भने संविधान संशोधन तराईका माग सम्बोधन गरिदिनु पर्दैन भन्ने मानसिकता ठूला पार्टीमा देखियो भन्ने छ ?
हामीले तराई मधेसमा त्यहाँका जनताको समस्या के हो । त्यहाँका जनताका भावना के हो त्यहाँका जनता के चाहन्छन् । त्यो मूल विषय हो । कहाँ कसलाई बलियो बनाउने, को नेतालाई कमजोर बनाउने यो गेम होइन । राजनीतिमा त्यो विषयमा पनि छलफल हुन्छ । तर अहिले त मधेसका समस्या समाधान गर्ने हो । शदीयौंदेखिको समस्या समाधान गर्ने हो । मुलुकलाई अब आर्थिक समृद्धिको बाटोमा लैजाने हो ।