काठमाडौं । गृह मन्त्रालयले ११ प्रहरी नायव महानिरीक्षक ९डीआईजी०लाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको छ । तर, डीआईजी नवराज सिलवाल भने सिफारिसमा परेका छैनन् । आईजीपीका दाबेदार रहेका उनले हालेको मुद्दा सर्वोच्च अदालतमा अझै विचाराधीन छ ।
बढुवा सिफारिस समितिको बैठकले एआईजीमा बढुवा गर्न सिफारिस गरेकाहरुमा बमबहादुर भण्डारी र जयबहादुर चन्द छन् । दुबै आईजीपीका दाबेदार थिए ।
प्रचण्ड सरकारले सुरुमा चन्दलाई प्रहरी प्रमुख बनाएको थियो । तर, आईजीपीका दाबेदार नवराज सिलवालले दायर गरेको रिटमा सर्वोच्चले उनको नियुक्ति खारेज गरेपछि सरकारले प्रकाश अर्याललाई आईजीपीमा बढुवा गरेको छ । त्यसविरुद्ध पनि सिलवाल अदालत गए । यो मुद्दा अझै विचाराधीन छ ।
भण्डारीलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी र चन्दलाई लागू औषध नियन्त्रण ब्यूरो प्रमुख सिफारिस गरिएको छ । यस्तै एआईजीका लागि सिफारिस भएकाहरुमा देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्त, कमल सिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्ट रहेका छन् ।
प्रतिक्रिया