देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शर्मा अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

देशान्तर

काठमाडौं । सर्वोच्च अदालतले भ्रष्टाचार अभियोगमा अख्तियारको हिरासतमा रहेका आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई अदालतमा उपस्थित गराउने आदेश दिएको छ ।  बुधबार न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले अख्तियारलाई शुक्रवार अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ ।

अख्तियारले ३ अर्ब धरौटी माग गरेको शर्मालाई थुनामुक्त गर्न माग गर्दै उनकी श्रीमती कल्पना उप्रेती शर्माले विशेष अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतलाई विपक्षी बनाई हिजो रिट दायर गरेकी थिइन् । रिट निवदेनमा शर्मालाई गैरकानुनी रुपमा थुनामा राखेको हुँदा थुनामुक्त गर्न माग गरिएको थियो ।

रिट निवेदनमा राजश्व विभागका महानिर्देशकको कर दायरा घटाउने वा बढाउने विशेष अधिकार हुने र सोही अनुसार शर्माले काम गरेको हुँदा थुनामा राख्ने कार्य गैरकानुनी भएको उल्लेख छ । राजश्व निर्धारणमा अनियमितता गरेको आरोपमा आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मालाई गत जेठ १९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी विशेष अदातलमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले पुर्पक्षका लागि उनलाई थुनामा राख्ने आदेश दिएको थियो । सो आदेशअनुसार शर्मालाई अहिले पनि थुनामा राखिदै आएको थियो ।

शर्माविरुद्ध एनसेलको स्वामित्व बिक्री हुँदा पुँजीगत लाभकर नउठाई एनसेललाई उन्मुक्ति दिएको, कर फछ्र्यौट आयोगको सदस्य सचिवसमेत रहेका शर्माले रु २१ अर्ब बराबरको रकम कर मिनाहा गर्न भूमिका खेलेको लगायतका आरोप छ ।