देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एएफसी यु–२३ मा नेपाल र बङ्गलादेश भिड्दै

देशान्तर

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) मा हुने एएफसी २३ वर्षमुनि (यु–२३) च्याम्पियनसिप छनोटको तयारीमा रहेको नेपाली टोलीले बङ्गलादेशको २३ वर्षमुनिको राष्ट्रिय टोलीसँग मङ्गलबार मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा(को खेल मैदानमा हुने उक्त खेलको सम्पूर्ण तयारी पूरा भएको आयोजक एन्फाले जनाएको छ । यु–२३ का मुख्य प्रशिक्षक राजुकाजी शाक्यले मैत्रीपूर्ण खेलका लागि आफ्नो टोली तयारी अवस्थामा रहेको छ भन्दै एसियन कप छनोट खेलका लागि मैत्रीपूर्ण खेलले सहयोग गर्ने बताउनुभयो । त्यस्तै कप्तान विमल घर्ती मगरले १६ वर्षमुनि र १९ वर्षमुनि टोलीमा समावेश खेलाडी सहभागी भएकाले पनि तयारी राम्रो रहेको बताए ।

बङ्गलादेशका अष्ट्रेलियाली कोच आन्द्रे ओर्डले नेपालविरुद्धको खेल कठिनका साथै प्रतिस्पर्धात्मक हुने बताए । सोही राष्ट्रका कप्तान सोहिल रानाले आफ्नो टोलीले सकेसम्म राम्रो खेल प्रदर्शन गर्ने बताउँदै मङ्गलबारको खेल जितेमा आत्मविश्वास बढ्ने विश्वास व्यक्त गरे ।
बङ्गलादेशविरुद्धको खेल र युएइमा हुने छनोट प्रतियोगिताका लागि मुख्य प्रशिक्षक शाक्यले आइतबार घर्ती मगरको कप्तानीमा २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका थिए ।