देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाँच लाख बराबरका पुराना नेपाली नोटको खरिद बिक्री

देशान्तर

काठमाडौं । पुराना नेपाली नोटका प्रदर्शनीमा करिब रु पाँच लाख बराबरको नोटको खरिद बिक्री भएको छ ।

नेपाल फिलाटेलिक सोसाइटीले आफ्नो स्वर्णोत्सवका उपलक्ष्यमा यही असार २३ गतेदेखि नेपाल कला परिषद्मा आयोजना गरेको नेपाली नोटको प्रदर्शनीमा करिब दुई हजार सहभागी भएको जनाइएको छ ।

उन्नाइस सङ्कलकले सङ्कलन गरेका नोट प्रदर्शनीमा विसं २००२ मा छापिएका रु ५, १० र १०० तथा त्यसपछि छापिएका नोट राखिएको थियो । पैंसठ्ठी मुलुकका नोट पनि उक्त स्थलमा समावेश गरिएको थियो ।

प्रदर्शनीमा सहभागी मुद्रा सङ्कलक जयहरि झाले सर्वसाधारणलाई पनि नोट जतन गरी सङ्कलन गर्नुपर्ने सुझाव दिँदै त्यसबाट कारोबारसमेत गर्न सकिने बताए । सोसाइटीका अध्यक्ष शङ्कर श्रेष्ठले नेपालमा विभिन्न समयमा भएका नोटको उत्पादन तथा त्यसको विकास क्रमबारे जानकारी गराउन प्रदर्शनी उपयोगी भएको बताए ।