देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आर्थिक वर्ष सकिन ५ दिन बाँकी रहँदा विकास खर्च ४६ प्रतिशत मात्रै

देशान्तर

चालु आर्थिक वर्ष सकिन ५ दिन मात्रै बाँकी रहँदा यो वर्ष पनि विकास खर्च जम्मा ४६ प्रतिशत मात्रै भएको छ । महालेखा परिक्षक नियन्त्रयक कार्यलयको गत शनिवार सम्मको तथ्याङक अनुसार विकास तर्फ ४६ दशमलव ५ ७ प्रतिशत अर्थात १ खर्व ४५ अर्व रुपैयाँ मात्रै खर्च भएको छ । सरकारले चालु आर्थिक वर्षमा विकास तर्फ ३ खर्व ११ अर्व रुपैयाँ वजेट विनियोजन गरेको थियो ।

जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था अनुसार समयमै वजेट आएपनि खर्च गर्ने सरकारी परम्परा भने पुरानै छ । असार मसान्त नजिक आईपुग्दा समेत विकास खर्चले ५० प्रतिशत पनि छुन सकेन । चालु आर्थिक वर्षको अन्त्यमा मात्रै खर्च गर्ने परिपाटीले यो वर्षपनि निरन्तरता पाएको छ । अधिकांश सडकहरु वर्षायाममा सडकमा पीच हुन थालेको छ ।

राष्ट्रिय प्राथमिकता प्राप्त अधिकांश ठूला आयोजनामा खर्च नै हुन सकेको छैन । विकास खर्च हुन नसकेपनि राजश्व भने सरकारी लक्ष्य अनुसार नै उठ्न सफल भएको छ । चालु आर्थिक वर्षमा ५ खर्व ६५ अर्व राजश्व संकलनको लक्ष्य राखेको सरकारले शनिवारसम्ममा ९९ दशमलव २ ४ अर्थात् ५ खर्व ६१ अर्व रुपैयाँ हाराहारीमा राजश्व संकलन गर्न सफल भएको छ ।