गुल्मी । अविरल वर्षाका कारण गुल्मीको रिडी–रुद्रवेणी–वामी टक्सार सडक खण्ड आइतबार रातिदेखि फेरि अवरुद्ध भएको छ । सत्यवती गाउँपालिकाको उर्लीखोला, डहरे खोला, बादरे भीर र चिउरेनी भीर लगायतका धेरै ठाउँमा पहिरो खसेका कारण सडक अवरुद्ध बनेको हो । जिल्लामा सबै भन्दा बढी गाडी सञ्चालन हुँदै आएको सडक खण्ड अवरुद्ध बनेपछि त्यस क्षेत्रबाट पाल्पा, बुटवल र काठमाडौंका लागि छुट्ने गाडी मर्कामा परेका छन् ।
पानी परिरहेको र माथिबाट पहिरो खसिरहेका कारण पहिरो पन्छाउन समस्या भएको र मानिसहरुलाई पैदल हिँड्न पनि समस्या भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रेम श्रेष्ठले बताएका छन् । त्यसैगरी पहिरोका कारण आइतबार रातिदेखि गुल्मीको मुसिकोट–तम्घास सडकखण्ड समेत अवरुद्ध बनेको छ ।
प्रतिक्रिया