देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतमा लागू भएको जीएसटीका कारण मालबाहक ट्रक नाकामा रोकिए

देशान्तर

गौशाला । भारतमा लागू भएको नयाँ वस्तु एवम् सेवा कर प्रणाली (जीएसटी) कारण महोत्तरीसँगै जोडिएको भारतको भिठ्ठामोड नाकामा मालबाहक ट्रक रोकिएका छन् । कर प्रणालीका कारण भारतीय भन्सारले शुक्रबारदेखि नै आलु, प्याज, मसलालगायत विभिन्न उपभोग्य सामग्री बोकेका २६ वटा ट्रक भिठ्ठामोड नाकामा रोकेको छ ।

भारतको बरौनीबाट नेपालका लागि ७६ हजार लिटर पेट्रोल र तीन लाख लिटर डिजल बोकेर आएका १८ वटा ट्याङ्कर समेत आइतबारदेखि भन्सारमा रोकेको छ । भारतले जुन ३० तारिखदेखि लागू गरेको नयाँ कर प्रणालीका कारण गत शनिबारदेखि सिमा नाकामा नेपाल आयात गर्न लागिएको विभिन्न सामान थन्किएको छ ।

यसरी सामान नेपाल आयात गर्न नपाउँदा कर असुली प्रभावित भएको जलेश्वर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत केशव भण्डारीले जानकारी दिए । नयाँ करप्रणालीबारे स्पष्ट हुन नसकेको र यसबारे अन्यौलता रहेका कारण नेपालतर्फ लैजान तयारी अवस्थामा राखिएका मालबाहक ट्रक नाकामै रोकेको भिठ्ठामोडस्थित भारतीय भन्सारमा कार्यरत प्रहरी निरीक्षक जितेन्द्रप्रसाद सिंहले बताए ।