चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको ट्रयाक खुलेको छ । भारतको सुनौली नाकादेखि चीनको स्वशासित क्षेत्र तिब्बत्को कोरला नाका उपल्लो मुस्ताङसम्मको ३४५ किलोमिटर दुरीको ट्रयाक खुलेको हो ।
नेपाली सेनाको निर्माण कार्य दलले करिडोरको बागलुङ खण्डमा बाँकी रहेको २६ किलोमिटरमा नयाँ ट्रयाक निर्माण गरेपछि उक्त ट्रयाक खुलेको हो । यो वर्ष करिब ३३ करोड रुपैयाँ खर्चेर बागलुङ खण्डको ट्रयाक खोलिएको नेपाली सेनाको निर्माण कार्यदलले जनाएको छ ।
निर्माण कार्यदलका सहायक रथी उद्धव विष्टले सडकको सुधार र विस्तार गर्नुपर्ने भएपनि अब गाडी गुड्नसक्ने बनाइएको जानकारी दिए । करिडोरको ट्रयाक खुलेपछि अब सुनौलीबाट पाल्पा, गुल्मी, बागलुङ, म्याग्दी, मुस्ताङ हुँदै कोराला पुग्न सकिने करिडोर निर्माण कार्यदलका प्रमुख रेश्मिराज भट्टराईले बताए ।
प्रतिक्रिया