नेपाल आंशिक प्राध्यापक संघले आज राजधानिमा विरोध जुलुस निकालेको छ । विहान रत्नपार्कबाट निकालेको विरोध जुलुस माइतीघर मण्डलामा पुगेर कोणसभामा परिणत भएको थियो ।
करार नियुक्ती गर्नु पर्ने, शैक्षिक क्यालेण्डर लागू हुनुपर्ने र उपप्राध्यापकको विज्ञापनलाई निरन्तरता दिनुपर्ने तथा सहायक प्राध्यापकको विज्ञापन खारेज गर्नुपर्ने माग राख्दै संघले चरणबद्ध आन्दोलन गर्दै आइरहेको छ ।
संघले हिजो पनि त्रिभुवन विश्वविद्यालयका उपकुलपति, पदाधिकारी तथा कर्मचारीलाई प्रवेशमा रोक लगाउँदै त्रिविको मूल गेटमा ३ घण्टा धर्ना दिएको थियो ।
प्रतिक्रिया